Siraha Times
ताजा समाचार

सिरहामा शिक्षकद्धारा विद्यार्थी निर्धात कुटिए

  • फागुन १७, २०८०
  • १००९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मिथिला रत्न,सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका स्थित एक विद्यालयका शिक्षकले शिशु कक्षा पढ्ने बालकलाई निर्घात कुटपिट गरेका छन् । बिष्णुपुर गाउँपालिका वडा नम्बर ४ थल्हाको श्री आधारभुत प्रा.बि.स्कुलका शिक्षक सनोज यादबले ४ वर्षीय विद्यार्थी राजु कुमार यादबलाई निर्घात कुटेको खुल्न आएको छ । विद्यालयमा पढने क्रममा शिक्षकले कुटेको बालको हजुरबुवा राज कुमार यादबले बताएका छन् ।

उनको ढाडमा निलडाम छ । विद्यालयमा यातना पाएर घर पुगेका बालक बिरामी भएका थिए । निरन्तर ज्वरो आएको नातिलाई स्थानीय मेडिकलमा लगेर जचाउँदा शरीरभर निलडाम भेटिएको र सोधपुछ गर्दा विद्यालयमा कुटाई खाएको बताएको हजुरबुवा यादबले जानकारी दिए । घटनाका आरोपी शिक्षकले भने स्कुलमा विद्यार्थीको आमा आफैले कुट्दै स्कुल ल्याएको थियो, सिक्षिकाले चुप लगाउन सम्झाउदा दातले टोक्न खोज्दा हटाउन खोज्दा अटेर गरेपछि सामान्य नैसियत दिएको बताए । ‘मैले हातले मात्रै हानेको हुँ । तर, लाठीले पिटेको भनेर घटनालाई बंग्याउन खोजिँदैछ,’ उनले आफ्नो बचाउ गर्दै भनेका छन् ।

कानुनअनुसार बालबालिकामाथि दुर्व्यवहार गर्ने व्यक्तिलाई जरिवानादेखि जेलसम्मको सजायको व्यवस्था गरिएको छ । बालबालिका ऐन २०७५ को दफा ६६ को (घ) र (ङ) मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने, शारीरिक चोटपटक पुर्‍याउनेलाई बालबालिकाविरुद्धको हिंसा मानिने उल्लेख गरिएको छ । उक्त ऐनको दफा ७२ मा उक्त कार्य गरेमा सजायको व्यवस्था गरिएको छ । जसमा शरीरमा चोटपटक पुर्‍याएमा ७५ हजार जरिवानादेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।

शिक्षकहरू अभद्र हुन थालेपछि मानसिक स्वास्थ्यको परीक्षण गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् । ‘मानसिक स्वास्थ्यका बारेमा कसैले कुरा गरेको छैन । शिक्षक मानसिक रूपले स्वस्थ छ कि छैन हेर्नुपर्छ,’ शिक्षाविदहरु भन्छन ‘मानसिक स्वास्थ्य ठीक नभएको शिक्षकको डर र त्रासमा विद्यार्थीले के सिक्छ ?’

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१