नगर स्तरीय गायन प्रतियोगिता सिरहाली आयडलको बिधिवत उद्घाटन

  • फागुन १३, २०८०
  • ४८७ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

नरेशचन्द्र बरबरिया सिरहा फाल्गुन १३ गते । सिरहामा नगर स्तरीय गायन प्रतियोगिता सिरहाली आयडलको बिधिवत उद्घाटन भएको छ । सलहेश कला मन्दिर सिरहाको आयोजना र सिरहा नगरपालिकाको मुख्य सहयोगमा शनिवार सिरहा नगरपालिकाका नगर प्रमुख डा. नवीन कुमार यादवले उद्घाटन गरेका हुन । सिरहाको चन्द्र उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा एक कार्यक्रम बिच सिरहाली आयडलको उद्घाटन भएको हो । सिरहा नगरपालिकाका नगर प्रमुख यादवले सिरहा नगरपालिका भित्र रहेका १ देखि २२ वटै वडा बाट ईकछुक व्यक्तिहरु सिरहाली आयडलमा भाग लिन पाउने छन ।

नगरभित्र दबिएका कलाकारहरुलाई एउटा स्थान प्रदान गरिएको र पन्द्र गते भित्र अडिसनमा सहभागी हुन यादवले आग्रह गरेका छन । सिरहा नगरपालिकामा छिट्टै प्रदेश र जिल्ला स्तरीय गायन प्रतियोगिता कार्यक्रम हुने यादवले बताए । सिरहा नगरपालिकामा कला साँस्कृतिक बिकास, सम्वर्धन प्रवर्धनक संगै गीत-संगीत, नृत्यकला एवम् अभिनय संग जुडेको कलाकारको पुर्नस्थापना हुने सलहेश कला मन्दिरका अध्यक्ष प्रकाश दास मानसले बताएका छन । उक्त कार्यक्रममा सिरहा नगरपालिकाका उप-प्रमुख बबिता साह , नेता आशा यादव , मधेश प्रदेशका स्काउटका अध्यक्ष दिनेश यादव , सिरहा नगरपालिका वडा न.६ का वडा अध्यक्ष ईन्द्रजित यादव ,लगायत बुद्धिजीवी राजनितिकर्मी, पत्रकार शिक्षक, अभिभावक ,विद्यार्थी समाजसेवी ,किसान व्यापारी, कलाकार लगायतको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

इन्टरपोल रेड नोटिस ज ...

काठमाडौ  - जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी ...

विपन्न तथा सिमान्तकृ ...

ओम प्रकाश यादव लहान, वैशाख २४।विपन्न तथा सिमान्तकृत बालबालिकाहरूलाई गुणस्तरीय शिक्षामा पहुँच बढ ...

पत्रकारलाई धम्की दिन ...

लहान वैशाख २४ । सिरहामा सडक निर्माणसम्बन्धी योजना बारे सूचना माग्दा एक पत्रकारमाथि निर्माण व्यवसायील ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१