ताजा समाचार

लाहान सिटी जेसिसको अगुवाईमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

  • फागुन १०, २०८०
  • १०७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल लहान फाल्गुन १० । सिरहाको लहान नगरपालिकामा सिटी जेसिसका उमेश यादवको पहलमा सडक दुर्घटना नुनिकरणका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ । बढ्दो सवारी दुर्घटनाबाट बच्नका लागि लहान नगरपालिकाको वाडा नं -१५ को एक विद्यालयमा जेसिस सहित पुगेका ट्राफिक टिमले बिद्यालयका विद्यार्थीहरुलाई एक दिने सचेतना अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानिय ढोढना विरनगर स्थित सगरमाथा उच्च माध्यमिक विद्यालयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका कार्यालय प्रमुख प्रहरी निरीक्षक डम्बर बहादुर पुरी र लहान सिटी जेसिसका उमेश यादवको संयुक्त टोली पुगेर ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धी कार्यक्रम अन्तर्गत विद्यार्थीहरुमा सचेतना दिँदै कार्यक्रम सम्पन्न गरेको जेसी उमेश यादवले बताउनु भएको छ । लाहान सिटी जेशिसको आयोजनामा सगरमाथा उच्च माध्यमिक विद्यालय बिरनगरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका कार्यालय प्रमुख प्रहरी निरीक्षक डम्बर बहादुर पुरीले ट्राफिक सचेना तथा सडक सुरुक्षा सम्बन्धी एक दिने सचेतना कार्यक्रम कक्षा ९,१०,११ र १२ विध्यार्थीहरुलाई एउटै कक्षामा सहभागी गराएर अन्तर्क्रिया सम्पन्न गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤