Siraha Times
ताजा समाचार

दलित बस्तिको सरकारी बिधालयमा समसयै समस्या प्र.अ. यादव

  • माघ २९, २०८०
  • ९२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २९ माघ । सिरहाको गोलबजार नगरपालिका ६ असनपुर डोहटियामा २०१९ सालमा स्थापना भएको जनहित अधारभुत बिद्यालय जुन नगरपालिका कार्यालय देखि लगभग १ कि.मि. उत्तरमा रहेको महरा र सदाय दलिद बस्तीमा रहेको छ। ब्यापक जनगुनासोलाई बुझ्न हाम्रो टिम त्यहाँ पुग्दा उक्त बिधालयमा समसयै समस्या रहेको प्र.अ. मदन कृष्ण यादवले आफ्नो इन्टरभ्युमा बताएका छन।

सानो क्षेत्रफलको बिधालयमा कक्षा कोठाको अभाव किचेनको समस्या खानेपानीको समस्या सहित शिक्षकको अभावमा पठनपाठनमा समस्या आइरहेको बताउदै प्र.अ. यादव यस बिधालयमा अध्यनरत बिद्यार्थी लगभग ज्याला मजदुरी गर्ने दलिद समुदायको रहेकोले १ दिन आउने ३/४ दिन आउदै नआउने भएको कारण यस बिधालयको उत्पादन राम्रो बनाउन समस्या भैरहेको बताएका छन। तिनै तहको सरकारले दलित उत्थान गरिरहेको छु भन्छन यसरी उत्थान हुनु कतिको जायज छ त? सरकारले ब्यबस्थापन पनि गरेको छ तर हामी सेवा लिन पनि जान्नु पर्छ। सानै भए पनि बिधालय त छ। अपुग भए पनि कार्यालय सहयोगी सहित सात जना शिक्षक शिक्षिका ८ कक्षा संचालन गरी रहेका छन अनि किन हामी सेवा नलिने यो पनि गम्भिर प्रश्न रहेको देखिन्छ।

खास गरी यी दुई समुदायको लागी सरकारले धेरै ब्यबस्था गरेको छ तर यी सेवाहरु सिस्टमले दलिद सम्म नपुगेर यीनीहरुमा हाल सम्म न त चेतनामा वृद्धि भएको छ न त शिक्षामा पहुच न त यी समुदायहरु बदल्न चाहन्छन। महरा समुदायमा परिवर्तन नभएको होइन धेरै घरपरिवार सुखी सम्पन्न भैसकेका छन तर पनि महरा समुदायमा अहिले पनि धेरै गरीब नै छन। सदाय(मुसहर) समुदाय अहिले पनि धेरै पिछडिएको समुदायमा दलित हो। यीनीहरु मध्ये अधिकान्श अशिक्षित छन। जनचेतनाको कमि भएको सुकुम्बासी हो। सदाय समुदायको बिकास गर्न शिक्षा जरुरी रहेकोले यस प्रति सरकार मात्रै होइन समुदाय र अभिभावक समेत गम्भिर हुन जरुरी छ। यस बिधालय प्रति श्याम श्रेष्ठ नेतृत्वको स्थानिय सरकारको गम्भिर ध्यानाकर्षण होस। बिधालयमा थोर बहुत बिद्यार्थी देखिए पनि पठनपाठन कमजोर देखिएकोले यस बिधालयका शिक्षक टिम पनि उतिकै गम्भिर हुन जरुरी देखिएको छ।

प्रतिक्रिया दिनुहोस

सप्तरी निवासी सव-इन् ...

उमेश कुमार साह राजबिराज । सप्तरीकाे खडक नगरपालिका वडा -१ ससिस्वा गाउँका हृदय नारायण साह र मीनाद ...

*खडक नगरपालिकामा बाल ...

ओम प्रकाश यादव  लहान वैशाख १० । खडक नगरपालिका, सप्तरी सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ् ...

१४ किलो चरेशसहित चा ...

कपिलवस्तु वैशाख ९ । कृष्णनगर नाकाबाट करिब १४ किलो लागुऔषध चरेशसहित चार जना पक्राउ परेपछि सीमावर्ती क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१