ताजा समाचार

कमला नगरपालिकामा नि:शुल्क गहुँ बिमा कार्यक्रम

  • माघ २०, २०८०
  • ८३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषा माघ २० गते । मधेश प्रदेश धनुषा जिल्लाको कमला नगरपालिकाको वडा न. ९ का २२ बर्षका वडा अध्यक्ष रणबिर सिंह मण्डलले प्लान्टस्याट को सहयोग बाट आफ्नै वडा को १५८ किसानहरुले खेतमा लगाएको गहुँको बीमा गराईदिएका छन्। प्लान्टस्याट त्रिपल. जि.आइ को सहयोग बाट कार्यक्रम गाउँ मै गएर, किसान हरुको घरमै गएर यो सुबिधा उपलब्ध गराएको हो । यसरी भएको बीमाले किसानहरुको बालीमा हुने कुनै किसिमको नोक्सानी भएमा राहत प्रदान गर्नेछ। पहिलो चरणमा ४० हेक्टर गहुँ बलिको बीमा भएको छ।

अहिलेको धेरै ठुलो समस्यामा मानिएको जंगली जनावर बाट भैरहेको हानि बाट भएको नोक्सानीको पनि बीमा बाट राहत लिन सकिने युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको छ । उक्त कार्यक्रम अब कमला नगरपालिकाको विभिन्न वडाहरुमा पनि बिस्तारै लागु हुने र यो बीमा गराउदा वडा न.९ का किसानहरुले यस बापत कुनै पनि शु:ल्क नलाग्ने सिड इनोभेसन्स प्रा.लि का प्रोग्राम कोर्डिनेटर गोपाल झाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤