Siraha Times
ताजा समाचार

विपद् व्यवस्थापन समितिद्वारा न्यानो कपडा वितरण

  • माघ १८, २०८०
  • ८७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, माघ १८ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीमा गरिब तथा विपन्न वर्गहरूलाई जाडोको न्यायो कपडा वितरण गरिएको छ । जलबायु परिवर्तनका कारण बढ्दो चिसो तथा शीतलबाट जोगिनका लागि जिल्ला विपद् व्यवस्थापन समिति, नवलपरासी (बसुप) ले जिल्ला भित्रका विभिन्न बस्तीहरूका ६८ गरिब, असहाय तथा विपन्न परिवारहरूलाई न्यायो कपडा वितरण गरेको जनाएको छ ।

वितरण गरिएको न्यानो कपडा अन्तर्गत सुस्ता गाउँपालिका-५, रतनगंजमा ३३ परिवार, बलिनगरमा ५ गरिब तथा विपन्न परिवार र सरावल गाउँपालिका-६ का ३० विपन्न, असहाय तथा गरिब परिवारहरूलाई वितरण गरिएको बताइएको छ । कपडा वितरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, नवलपरासी बसुपका कर्मचारीहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, जिल्ला रेडक्रसका प्रमुख तथा प्रतिनिधिहरू, जिल्ला पत्रकार महासंघका प्रमुख तथा प्रतिनिधिहरू, वडाध्यक्षज्यूहरू, समाजसेवीहरू लगायतको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१