विपद् व्यवस्थापन समितिद्वारा न्यानो कपडा वितरण

  • माघ १८, २०८०
  • ७९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, माघ १८ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीमा गरिब तथा विपन्न वर्गहरूलाई जाडोको न्यायो कपडा वितरण गरिएको छ । जलबायु परिवर्तनका कारण बढ्दो चिसो तथा शीतलबाट जोगिनका लागि जिल्ला विपद् व्यवस्थापन समिति, नवलपरासी (बसुप) ले जिल्ला भित्रका विभिन्न बस्तीहरूका ६८ गरिब, असहाय तथा विपन्न परिवारहरूलाई न्यायो कपडा वितरण गरेको जनाएको छ ।

वितरण गरिएको न्यानो कपडा अन्तर्गत सुस्ता गाउँपालिका-५, रतनगंजमा ३३ परिवार, बलिनगरमा ५ गरिब तथा विपन्न परिवार र सरावल गाउँपालिका-६ का ३० विपन्न, असहाय तथा गरिब परिवारहरूलाई वितरण गरिएको बताइएको छ । कपडा वितरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, नवलपरासी बसुपका कर्मचारीहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, जिल्ला रेडक्रसका प्रमुख तथा प्रतिनिधिहरू, जिल्ला पत्रकार महासंघका प्रमुख तथा प्रतिनिधिहरू, वडाध्यक्षज्यूहरू, समाजसेवीहरू लगायतको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१