Siraha Times
ताजा समाचार

अस्पतालकै कर्मचारी द्वारा जिन्सी सामान चोरी कार्यालय प्रमुख दवावमा

  • माघ १८, २०८०
  • १०६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १८ माघ । सिरहाको भगवानपुर गाउँपालिका २ नहरा रिगौलको स्वास्थ्य चौकीमा गत असोज २४ गते शुक्रवार कार्यालयको जिन्सी सामान अस्पतालकै कर्मचारी सि.अ.न.मि. रिका कुमारी  साह द्वारा चौकी इन्चार्जको कार्य कक्षको झ्याल प्रयोग गरी चोरी भएको घटना सार्बजनिक भएको छ। चौकी इन्चार्ज भोगीलाल यादवले दिएको जानकारी अनुसार म बैंकको कामले NIC बैंक भगवानपुर शाखा गएको बेला मौका छोपी अ.न.मी.साहले मलाई जालझेलमा फसाउने मनसायले यो घटना घटाएको बताएका छन।

घटना शुक्रवारको दिन भएको हो। म बैंक बाट सिधै आफ्नो घर तिर गएको र भोली पल्ट शनिवार भएको कारण तत्काल घटना सर्बजनिक हुन नसकेको बताउदै इन्चार्ज यादव स्थानीय गमहरिया बस्ने पारो देवी दास सहित निजको छोरा ओमकुमार दास र सोहि ठाउँ बस्ने जोखनी देवी दास सहित निजको नाती रोहन कुमार दासले असोज २६ गते दिएको सुचना अनुसार ती दुबै बालक चौकी पछाडी खेलिरहेको अबस्थामा लुगा धुने साबुन १९ थान, हात धुने साबुन १६ थान, फिनाइल १ बोतल, हार्पिक १ बोतल, डटपेन ६ थान, ब्यान्डेज कटिङ सिजर १ थान, प्लेन सिजर १ थान जिन्सी सामान आफ्नो घर लादा निज अ.न. मि. साह आफुहरु संग लडाइँ झगडा गरी सबै जिन्सी सामान आफ्नो घर लगेको स्थानिय पारो देवी दास र जोखनी देवी दासले बताएकी छिन। स्वास्थ्य चौकी पछाडी निज अ.न.मि. साहको आपको बगैंचा रहेको र वास्तवमा म आफैंले उक्त सामग्री निकाली झ्याल बाट फ्याकेको र कार्यालय समय पछाडी घर लाने छु भनी साहले स्विकारेको अडियो प्रमाण हामी संग सुरक्षित छ।

चोरी घटना सम्बन्धमा तत्काल असोज ६ गते नै प्रहरी चौकी बगवानपुर, वाडा कार्यालय, गा.पा. को कार्यालय हुदै सि.डि.ओ. कार्यालय सम्म उजुरी गर्दा पनि हाल सम्म उक्त चोरीको जिन्सी समान बरामद हुन नसकेको गुनासो पोख्दै चौकी इन्चार्ज यादव आफु दवावमा यस कार्यालयमा काम गर्दै आइरहेको बताएका छन। यस घटना सम्बन्धमा वाडा अध्यक्ष सुर्यनरायण यादव सहित जनप्रतिनिधि, कार्यालयका कर्मचारी र सरोकारवालाहरुको सन्युक्त बैठक मिति २०८०/८/१५ शुक्रबार बसी निज सि.अ.मि. साह घटनामा संग्लन रहि घटना घटाएको प्रमाणित समेत भै कार्यवाहीको निर्णय समेत हुदा हाल सम्म अगाडी नबढेको गुनासो आम स्थानीय बासीको रहेको छ।

स्थानीय शंकर मन्डल, गोरख यादव, बिनोद भगत, मो० ऐयुब रिक्साबाला र गमहारिया चौकबासीको अनुसार अ.न.मि. साह बिगत लामो समय देखि आफ्ना पति मुनि लाल साहको बलमा कार्यालय प्रमुख माथी हुकुम चलाउदै काम गर्दै आइरहेकी र सेवाग्राहीलाई समेत वास्ता नगरी मनोमानी ढङ्गले कामकाज गर्दै आइरहेको र सरकारी सम्पति चोरेर आफ्नो घर सम्म लगेको प्रमाण सहित भेटिएको हुँदा पनि अहिले सम्म कार्यवाही प्रक्रिया अगाडी नबढ्नु दु:खद रहेको बताएका छन।

आखिर के मनसायले अ.न.मि. साह स्वास्थ्य जस्तो संबेदनशिल ठाउँमा यस्तो घटना घटाएर इन्चार्ज भोगीलाल यादव माथी दवाव बनाएकी छिन। किन सेवाग्राही खुशी छैन, किन स्वास्थ्य चौकी माथी नाकारात्मक छिन अ.न.मि. रिका कुमारी साह यो खोजिनिको बिषय बन्न जरुरी छ। सम्बन्धित निकायको ध्यानाकर्षण होस। एउटा अर्को महत्वपुर्ण बिषय के रहेको छ भने चोरी घटना भएको दिनको हाजरीमा अ.न.मि. साह खोप कार्यक्रमको लागी गएको लेखिएको छ भने चोरी घटना स्वीकारेकी पनि प्रमाण सुरक्षित रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

​सडक मर्मतको माग गर् ...

​जेठ २९, उदयपुर । ​चुहाडे–जलजले सडक खण्डमा दैनिक रूपमा सञ्चालन हुँदै आएका टिप्परहरूलाई स्थानीय ...

दुई ढुंगाबीचको तरुल ...

​विनोद अविरल पश्चिम नवलपरासी, जेठ २९ । ​"नेपाल र भारत दुई ढुंगा हुन् भने हामी सुस्ताबासी त्यसको बीचम ...

पति हिंसा, गरिबी र अ ...

रहमुल, लहान, २९ जेठ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ सरहानचियाकी देवकुमारी यादवको जीवनक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१