ताजा समाचार

शिक्षालाई गुणस्तर बनाउन र लागुऔषध नियन्त्रण सम्बन्धि कार्यक्रम सखुवामा

  • माघ १५, २०८०
  • ११०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १५ माघ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ४ सखुवाको अधारभुत बिधालयमा शिक्षालाई गुणस्तर बनाउन र लागुऔषध नियन्त्रण सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आधारभुत बिधालय सिमराहा जेम्स इङलिस बोरिङ स्कुल जगतपुरका छात्रछात्रा अभिभवक र बिधालय ब्यबस्थापन समिति लगायत समुदायको बाक्लो उपस्थिति रहेको थियो भने सरोकारवाला जनप्रतिनिधिहरु एक जना पनि सहभागी नहुनु दुखद पक्ष रहेको पाइयो।

मत लिने बेला मतदातालाई अनेकौ झुठो सपना देखाउने तर त्यही मतदाता आपत बिपत वा समस्यामा पर्दा साथ नदिने जनप्रतिनिधि के कामको? अब आउने दिनमा बहसको बिषय बन्न जरुरी छ। हाल समुदाय स्तरमा हेर्दा ठुलो संख्यामा युवाहरु लतमा फसेर बिभिन्न बिकृतिहरु फैलाइरहेको छ। शिक्षा क्षेत्र बाट युवा टाढिदैछ। लगभग सबै अभिभावक हैरान परेसान छन।

तर पनि स्थानीय प्रदेश र संघीय सरकारका जनप्रतिनिधिहरुको घैटोमा घाम लागेको चौपट्टै देखिएन आखिर युवा नै नरहे यो राजनैतिक कसको लागी। सडक पुल र ठुल्ठुला महल बनाउनु मात्रै बिकास होइन। पहिला शिक्षालाई साथमा लिएर युवा बचाउ सरकार। देश बनाउनु भन्दा पहिला युवा बचाउन जरुरी देखिन्छ। तिनै तहका सरकार यस तर्फ गम्भिर हुन जरुरी छ। कार्यक्रमको अध्यक्षता बि.ब्य.स. अध्यक्ष देवनारायण यादवले गरेका थिए भने शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवको प्रमुख अतिथित्वमा चलेको कार्यक्रम स्थानीय रहमुल राइनले संचालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤