ताजा समाचार

पाल्हि क्याम्पसकाे मुलगेट शिलान्यास

  • माघ ३, २०८०
  • ८०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,परासी/ माघ ०३ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ मा रहेकाे जिल्लाकाे सबै भन्दा पुरानो पाल्हि बहुमुखी क्याम्पसकाे मुलगेत बुधबार एक कार्यक्रमका बिच शिलान्यास भएकाे छ । क्याम्पस संचालक समितिका अध्यक्ष राधेश्याम पाठककाे अध्यक्षता तथा पुर्व रक्षा राज्य मन्त्री रामवचन यादवकाे प्रमुख आतिथ्यता एवम् संविधानसभा सदस्य चिनक कुर्मीकाे विशिष्ट आतिथ्यतामा गेतकाे शिलान्यास भएकाे हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि यादवले नवलपरासी जिल्लाकाे सबैभन्दा पुरानाे रहेता पनि शैक्षिक क्षेत्रमा पछाडि रहेकाे र आउने दिनमा क्याम्पसलाई उत्कृष्ट रुपमा अगाडि बढाउन सबैजना लाग्नुपर्ने जाेड दिनुभयाे । रामग्राम नगरपालिका वडा नं ४ काे आ.व. २०८०/०८१ काे वडा स्तरीय ८ लाखकाे बजेतमा गेत निर्माण हुन लागेकाे हाे । वडा नं ४ का वडा अध्यक्ष मदन यादवले जानकारी दिनुभयाे । कार्यक्रममा संविधानसभा सदस्य चिनक कुर्मी,वडा अध्यक्ष मदन यादव,क्याम्पस संचालक समितिका उपाध्यक्ष गजानन्द पटेल,वडा सदस्य द्वय प्रभु लाल माैर्य,शिव प्रसाद काेहार लगायतले बाेल्नु भएकाे थियाे भने स्वागत मन्तव्य क्याम्पसका प्रमुख दिपक अर्याल राख्नु भएकाे कार्यक्रम संचालक प्रध्याक सुर्यनाथ दास पटेलले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤