ताजा समाचार

स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० प्राडा , चौधरी लाई प्रदान

  • माघ १, २०८०
  • ५७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिजय साह लहान माघ १ । स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८०बाट चिकित्सक हरु सम्मानित भएका छन। अवार्डबाट सातै प्रदेशका १३ जना चिकित्सक, पांँचजना पत्रकार, पांँचजना स्वास्थ्यकर्मी र दुईवटा स्वास्थ्य संस्थालाई सम्मानित गरिएको हो । प्रमुख अतिथि डा. शशांक कोइराला, बागमती प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशी लगायतबाट उहांँहरु सम्मानित हुनुभएको हो।

received_679688691019041

प्राडा पशुपति चौधरी लाइ नेपालको स्वास्थ्य शिक्षा र सेवाका क्षेत्रमा जिम्मेवार तवरले कुशल वरिष्ठ अर्थोपेडिक (विशेषज्ञ) को रुपमा पुर्याउनु भएको महत्त्वपूर्ण योगदान लाई उच्च मुल्यांकन गर्दै स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.को गौरवमय आठौ वार्षिकोत्सवको अवसरमा स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० प्रदान गरिएको छ। सम्मानित हुनुहुने हरुमा चिकित्सक तर्फ प्राडा पशुपति चौधरी , प्राडा रामनरेश पण्डित, डा निलम चौरासिया, प्राडा राजेन्द्र प्रसाद कोजु, प्राडा लोक बहादुर सेंढाई, डा. हरि बहादुर खड्का ,डा सरु थापा न्यौपाने रहनुभएको छ ।

यस्तै सम्मानित हुनुुुहुने अन्य चिकित्सकहरुमा डा. प्रदेश घिमिरे, डा.गुरु शरण शाह, डा.योगेन्द्र अग्रहरी, डा अखण्ड उपाध्याय , डा प्रमोद जोशी र डा. नर बहादुर मौनी रहनुभएको छ । यस्तै सम्मानित हुने पत्रकाहरुमा बरिष्ठ पत्रकार गणशेखर शर्मा, रामराज पोख्रेल, स्वास्थ्य पत्रकार पूर्णिमा डंगोल शाक्य, वरिष्ठ पत्रकार दीपकजंग हमाल र महेन्द्रराज श्रेष्ठ रहनुभएको छ । अवार्डबाट सम्मानित हुनुहुने स्वास्थ्यकर्मीमा बालकृष्ण गौतम, ईश्वरी प्रसाद भुषाल, दिपेन्द्र कार्की, मेघराज बलामी र सुरेश कुमार अधिकारी रहनु भएको छ । यस्तै अवार्डबाट सम्मानित हुने दुई स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा निर्देशनालय बर्दिया अस्पताल, बर्दिया र बुलिंगटार गाउंँपालिकाको कार्यालय , नवलपुर रहेका छन ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤