Siraha Times
ताजा समाचार

जाडो छल्न गुप्ताले गरे ब्ल्यांकेट वितरण

  • माघ १, २०८०
  • ५८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल माघ १ । तराई मधेसमा यतिबेला कठ्याङ्ग्रिदो चिसोका कारण आम जन जीवन कष्टकर बन्दै आएको अवस्थामा ठाउँ ठाउँमा जाडो छल्नका लागि विभिन्न सामग्री वितरणको अवस्था रहेको देखिन्छ । सिरहाको लहान वाडा नम्बर २३ मा एक जना सामाजिक व्यक्तित्वले आफ्नै लगानीमा न्यानो कपडा अन्तर्गत कम्बल वितरण गरेको छ ।

लाहान २३ निवासी करिब ८२ वर्षीय विश्व नाथ प्रसाद गुप्ताले गाढा गाउँका बिधुवा महिला तथा अपाङलाई गुप्ताले आफ्ना सामाजिक सुरुक्षा भत्ता (बुद्ध भता ) र निजी रकम थपेर ब्ल्यांकेट वितरण गरेको छ । गुप्ताले करिब ६ बर्ष देखि निरन्तर प्रत्येक वर्ष बाड्दै आएको न्यानो कपडा अन्तर्गत करिब एक लाख सत्र हजार मुल्य बराबरको कम्बल अहिलेसम्म वितरण गरिएको उनले बताए । उनले चिसो खप्नका लागि २५० जनालाई कम्बल र खाजा वितरण गरेको स्थानिय सन्तोस गुप्ताले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१