Siraha Times
ताजा समाचार

थारु समुदायद्वारा पहिलो पटक तीस केजीको लड्डु सहित माघे संक्रान्ति मनाउने तयारी

  • पुस २९, २०८०
  • १०२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, पुस २९ । सिराहा जिल्लाको धनगढीमाई,थारु कल्याणकारिणी सभाको आयोजनामा तीस केजीको लड्डु प्रदर्शन गर्दै "थारु मौलिकता या पौराणिक कला संस्कृति उजागर करैके लेल " मुख्य नारा सहित थारु कल्याणकारिणी सभा धनगढीमाई नगर समितिद्वारा " पहुलका तिला सङ्क्राईत उत्सव (माघी) २०८० पहिलोपटक धनगढीमाई वाडा नम्बर ११ आम चौकमा मनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलन मार्फत आयोजक समितिका सम्भु प्रसाद चौधरीले जानकारी दिनु भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा माघ १ गते हुने कार्यक्रममा थारु भाषा,संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ थारु भाषा,कला संस्कृति अन्तर्गत विभिन्न पौराणिक वस्तुहरूको प्रदर्शन र सांस्कृतिक कार्यक्रम समेत हुने सम्मेलन मार्फत जानकारी गराईएको छ । पूर्व पश्चिम राजमार्गको धनगढी बजारको केही पूर्वमा रहेको आम चौक स्थित हुन लागेको थारु कल्याणकारिणी सभाको पहिलो पटकको कार्यक्रममा करिब ५ हजारदेखि ७ हजारको हाराहारीमा आम जनसमुदायको सहभागिता हुने अनुमान गरिएको छ । कार्यक्रममा थारु समुदायको प्रमूख व्यक्तिहरूको समेत सहभागी रहने आयोजक समितिले बताएको छ । कार्यक्रममा थारु नृत्य , झाँकी, लगायतको अभिनय समेत गरिने भएको छ ।

कार्यक्रममा संक्रान्तिको अवसरमा बनाइने पकवान अन्तर्गत ३० केजीको लड्डु बनाएर प्रदर्शनको तयारीमा एकातिर रहेको छ भने अर्कोतिर धनगढीमाई नगरपालिका भित्र करिब ८ ओटा वडाका विभिन्न टोल बस्तीहरूमा रहेका थारु समुदायका सबैले आफ्ना जातिय परम्परा अनुसार पहिरनमा कार्यक्रममा सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१