Siraha Times
ताजा समाचार

सास्ती खेप्दै लहानकि महिला महतो बच्चा समेत खोसीदिएको लगाए आरोप

  • पुस २८, २०८०
  • ८४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २८ पुष । मधेश प्रदेशको सिरहा जिल्ला स्थित लहान नगर पालिका वडा न० ३ का राज्य लक्ष्मी महतोले आफुमाथि अन्याय भएको गुनासो गरेकी हुन् सिरहाको लहान ससुराली भएकी महतोको माइती भने भारतको मधुवनी बिहारको सनपतहा गाउँ भएकी महिला सन् २०२० मा उनकी मागी विवाह गरि आएको तेस्रो महिना देखि नै कुटपिट तथा अभद्र व्यवहार भएको र अझै उनको श्रीमान, ससुरा तथा सासुको मिलिभगतमा पटक पटक यातना खेपिरहेको छिन ।

हुन् त यो विषयलाइ लिएर लहान प्रहरीमा छलफल भैसकेको भए पनि हिजो फेरी कुटपिट गरि रातभर कोठा भित्रै थुनेर आफ्ना १ वर्ष को बच्चा समेत खोसेर कहा लुकाई दिएको र अझै पनि आफुलाई बच्चा देखि टाढै राखेको गुनासो लिएर मिडिया कहा आएका थीइन त्यस पश्च्यात मिडियाका केहि साथी उनको ससुरा सत्य नारायण महतोसंग घटनाको सत्य तथ्य बुझ्न जादा आफुमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको ससुरा महतोले जनाए ।

यो अभियोग पहिलो पटक लगाएको होइन यो भन्दा पहिला पनि इलाका प्रहरी कार्यालय लहानमा यसै विषयलाई लिएर छलफल भैसकेको र प्रहरीले नै आफुलाई बुहारीसंग कुनै किसिमको बोलचाल नहुनेगरी छलफल गरि पठाएदेखि आफु अलगै बस्ने गरेको र हिजोको घटनाको वारेमा आफुलाई छोराले जानकारी दिए पछी बल्ल थाहा पाएको छु र रह्यो कुरा नागरिकता बनाउने म पहिला नै बुहारीको बुवालाइ जानकारी सहित अनुरोध गरेको थिए जति बेला रामु उमा स्मारक अस्पतालमा कर्मचारी भर्ना खुलेको बेला नै मैले सम्धी साहेब तपाइको छोरीको नागरिकताको बनाउन नाता प्रमाणित गराएर दिनुस भन्दा सम्धी सहाबले मसंग समय छैन र मलाई कुनै मतलब पनि छैन भनेर प्रतिक्रिया दिए पछी त्यति बेला देखि नै बुहारीको नागरिकता अलमलिएको ससुरा महतोले जनाए अब त मै माथि यस्तो आलाछ्ना लगाए पछि म को नै हो र उसकोलागि नागरिकता बनाई दिने अब त छोराले बनाउन या त कानुनकै हिसाबले सात वर्ष पर्खिरहुन त्यस पछी मात्र जे हुन्छ कानुन बाट त्यहि हुन्छ भन्दै आफ्ना आक्रोस सत्य नारायण महतोले सुनाए ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१