निजी विद्यालय खोलेर जिमीनको ठगी धन्दा : खत्तम पढाई, भद्रगोल होस्टल, शुल्क भने चर्को

  • पुस १९, २०८०
  • ६०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा पुष १९  । निजी विद्यालयहरू विद्यार्थी लोभ्याउन र बटुल्न आफ्नो प्रचारप्रसार गर्दा अनेक आकर्षक विशेषता लेखिएका पम्प्लेट देखाउँछन् । त्यसमा विश्वास गरेर अभिभावकले निजी विद्यालयलाई विद्यार्थी पनि दिने गरेका छन् । कतिपय विद्यालयले पूर्ण रूपमा नभएपनि त्यसलाई व्यवहारमा लागू गर्ने प्रयत्न पनि गरेको हुन्छ । तर, अधिकांश निजी विद्यालयहरूले भने सरकारी विद्यालयभन्दा पनि जर्जर अवस्था राखेर विद्यार्थी र अभिभावकलाई ठग्दै आएका छन् । यस्ता उदाहरण सिरहाको मिर्चैयामा पनि थुप्रै छन्, जहाँ व्यवहारमा नभई मात्र कागजको पम्प्लेटमा विशेषता देखाएर ठगी धन्दा हुँदै आएको छ । त्यसैमध्येको एक हो - मिर्चैया नगरपालिका-६ कटारी चोकमा अवस्थित पूर्वाञ्चल सेन्ट्रल एकेडेमी ।

प्लेग्रुपदेखि कक्षा १० सम्म सञ्चालन गर्दै आएको यो विद्यालयको पम्प्लेटमा एकसेएक आकर्षक विशेषताहरू लेखिएको भएपनि व्यवहारमा भने एकरत्ति लागू गरेको छैन । पम्प्लेटको सुरुमै लेखिएको छ - दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट पठनपाठन गराइनेछ । तर, कामचलाउहरूबाट पठनपाठन भइरहेको विद्यार्थीहरूले बताएका छन् । कक्षा कोठाहरू पनि भद्रगोल छन् । कतिपय कोठामा त विद्यार्थीलाई भूइँमै बसाएर कक्षा सञ्चालन गरिँदै आएको छ । होस्टल पनि अस्तव्यस्त छ । खानेकुरा पनि निम्नस्तरको दिने गरेको छ । अहिलेको कठ्यांग्रिदो जाडोमा त विद्यार्थीहरू झन् समस्या झेलिरहेका छन् ।

विद्यार्थी माग्न आउने बेलामा विद्यार्थीको सर्वांगिन विकासका निम्ति थुप्रा विशेषताका पुलिन्दा देखाएपनि व्यवहारमा थोरै पनि नदेखिएपछि अभिभावकहरू ठगिएको महसुस गर्दैछन् । एक अभिभावकले नाम नबताउने शर्तमा भने, 'न व्यवस्थित छ, न पढाई छ, होस्टल पनि खत्तम छ, विद्यालयले विद्यार्थी लिने बेला भनेको केही पनि छैन, विद्यार्थी रुँदैछन्, हामी फस्यौं, ठगियौं ।' तर, विद्यालयले विभिन्न बहानामा शुल्क भने चर्को लिने गरेको छ । यस विद्यालयका सञ्चालक हुन् - जसपाको मिर्चैयाका निमित्त नगरअध्यक्ष जिमी यादव । उनलाई यो गुनासो पटकपटक सुनाउँदा पनि वास्ता नगरेको र उल्टै थर्काउने नगरेको अभिभावक बताउँछन् ।

यतिमात्र होइन, विद्यालयमा कार्यरत शिक्षक, बस चालक, गार्डलगायतका कर्मचारीहरूलाई पारिश्रमिक पनि नियमित दिइने गरिएको छैन । तलब पाउने ठेगान नहुँदा कर्मचारीहरूले पनि समस्या झेल्दै आएका छन् । यस विषयमा प्रतिक्रिया लिँदा उनले आफूले भने बमोजिमकै सबै विशेषता रहेको र पारिश्रमिक पनि नियमित नै दिएको भन्दै झुट बोले । यता, मिर्चैया नगरपालिकाका शिक्षा शाखा प्रमुख भरत बानियाँले भने नगरपालिकाबाट विद्यालयमा अनुगमन हुने र त्यस्तो भेटिए छानबिन तथा कारबाही प्रक्रिया अघि बढ्ने प्रतिक्रिया दिए । सभार मिथिला रत्न

प्रतिक्रिया दिनुहोस

नवलपरासीमा धमाधम प्र ...

नवलपरासीमा धमाधम प्रहरीले ७ लाख ५५ हजार ४१ रुपया बराबरको बिभिन्न अबैध सामानहरु नियन्त्रणमा लिएको छ। ...

मुख्यमन्त्री यादवद्व ...

जनकपुरधाम, बैशाख १५ । मुख्यमन्त्री सरोज कुमार यादवले महोत्तरी मठिहानी ६ स्थित आगलग्गी प्रभावित क्षेत ...

देवसागर पोखरीको माछा ...

रहमुल लहान १५ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ पोर्ताहामा रहेको शक्तिपिठ माँ रजदेवी भगव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१