जनकल्याण युवा क्लव, लहानले दलित तथा विपन्न सुत्केरी महिलालाई दिए न्यानो कपडा

  • पुस १४, २०८०
  • ७३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १४ पुस । दलित जनकल्याण युवा क्लव, लहानले शितलहर प्रभावित सुत्केरी महिलाहरुलाई न्यानो कपडा प्रदान गरेको छ। क्लवले लहानको श्रीराम गेष्ट हाउसमा एक कार्यक्रमको आयोजनागरी ६१ जना गरिव, दलित तथा विपन्न सुत्केरी महिलाहरुलाई न्यानो कपडा प्रदान गरेको हो । महिलाहरुलाई लहान नगपालिकाका मेयर महेश प्रसाद चौधरीले सामाग्री हस्तान्तरण गरेका थिए । क्लवले प्रति व्यक्ति एक एक थान बल्याङ्केट, सल, किचेन चप्पल र बच्चाको लागि एक थान कपडा प्रदान गरेको क्लवका अध्यक्ष उमेश विसुन्केले जानकारी दिए ।  उनले गरिव, दलित तथा विपन्न सुत्केरी महिलाहरुको लागी मानविय सहयोग स्वरुप प्रति व्यक्ति तीन हजार दुई सय ८८ रुपैयाँ मूल्य बरावरको राहत सामाग्री प्रदान गरिएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१