ताजा समाचार

निशुल्क सेनेटरी प्याड बितरण कार्यक्रम सम्पन्न

  • पुस ६, २०८०
  • १५५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, पुस ६ । विभिन्न सामाजिक कार्य गर्दै आएका मिथिला युवा समाजले सिरहामा स्यानेटरी प्याड वितरण गरेको छ । समाजले सिरहा न.पा. वाडा नम्बर १५ को सुखचैनामा महिनावारी जागरुकता अभियान अन्तर्गत ग्रामीण महिलाहरुलाई महिनाबारी सम्बन्धि चेतनामुलक एक औपचारिक कार्यक्रमका बीच निशुल्क सेनेटरी प्याड बितरण गरेको छ । स्यानेटरी प्याडको प्रयोग सम्बन्धी चेतनामूलक जानकारी गराउँदै ग्रामिण क्षेत्रमा बसोबास गर्ने महिलाहरुमा महिनाबारीको समयमा ख्याल गर्नुपर्ने आवश्यक ज्ञानको अभाबको कारणले देखिने पाठेघरको संक्रमणको समस्याबाट बच्नका लागि प्याड वितरण कार्यक्रमले सकारात्मक प्रभाव पर्ने मूल्यांकन गरिएको छ । कार्यक्रममा करिब १५७ स्थानिय महिलाहरुको सभभागिता रहेको मिथिला युवा समाजका सभापति सुनिल साहले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤