सिरहाको धनगढीमाई १२ का वाडा अध्यक्ष शर्मालाई पितृ शोक

  • पुस ४, २०८०
  • ७७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, पुस ४ । सिरहाको धनगढीमाई १२ का वाडा अध्यक्ष जय प्रकाश शर्मालाई पितृ शोक परेको छ । ऋदय घातका कारण बिरामी परेका आफ्ना बुबा करिब ५५ वर्षीय राम प्रबोध शर्मालाई तत्काल थप उपचारका लागि उनले धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । आकस्मिक कक्षमा उपचार हुँदा हुँदै उनको बुबाको निधन भएको थियो । आज बिहान करिब ९ बजेको समयमा स्थानिय सररे खोला किनारमा जातीय संस्कार अनुसार अन्तिम सदगद गरिएको हो ।

अन्तिम संस्कारमा नेकपा एमालेका जिल्ला र प्रदेश स्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । अन्तिम संस्कारको लागि चितामा राखिएको पार्थिव शरीरमा नेकपा एमाले पार्टीको झण्डा ओढाएर जिल्ला अध्यक्ष चण्देश्वर मण्डलले शर्माको योगदानको चर्चा गर्दै अन्तिम श्रदान्जली अर्पण गरेका थिए । अन्तिम श्रदान्जलीका लागि धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो ,स्थानिय नेता विजय महतो , राष्ट्रिय युवा संघ सिरहाका जिल्ला अध्यक्ष दिनेश यादव लगायत नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थितिका बीच अन्तिम श्रदान्जली अर्पण गरिएको थियो । नेकपा एमाले केन्द्र कमिटी सदस्य सिरहा जिल्लाको इन्चार्ज तथा धनगढीमाई नगरपालिकाका प्रवक्ता समेत रहेका शर्माको पूजनीय पिताको असमायिक निधनप्रति वाडा नम्बर १२ का संपूर्ण आम मानिस चिंतित भएको छ ।

प्रतिक्रिया दिनुहोस

उज्यालो नेपाल पार्टी ...

ओम प्रकाश यादव लहान, २१ माघ। उज्यालो नेपाल पार्टीका केन्द्रिय अध्यक्ष कुलमान घिसिङ २२ माघ बिहीवार दि ...

सप्तरी –३ मा राप्रपा ...

उमेश कुमार साह सप्तरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सप्तरी जिल्ला अध्यक्ष तथा सप्तरी निर् ...

लक्ष्मीपुर पतारीमा ज ...

रहमुल,लहान १८ माघ । सिरहाको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत लक्ष्मीपुर पतारी गाउँपालिकामा जनता समाजव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१