सिरहाको धनगढीमाई १२ का वाडा अध्यक्ष शर्मालाई पितृ शोक

  • पुस ४, २०८०
  • ६९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, पुस ४ । सिरहाको धनगढीमाई १२ का वाडा अध्यक्ष जय प्रकाश शर्मालाई पितृ शोक परेको छ । ऋदय घातका कारण बिरामी परेका आफ्ना बुबा करिब ५५ वर्षीय राम प्रबोध शर्मालाई तत्काल थप उपचारका लागि उनले धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । आकस्मिक कक्षमा उपचार हुँदा हुँदै उनको बुबाको निधन भएको थियो । आज बिहान करिब ९ बजेको समयमा स्थानिय सररे खोला किनारमा जातीय संस्कार अनुसार अन्तिम सदगद गरिएको हो ।

अन्तिम संस्कारमा नेकपा एमालेका जिल्ला र प्रदेश स्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । अन्तिम संस्कारको लागि चितामा राखिएको पार्थिव शरीरमा नेकपा एमाले पार्टीको झण्डा ओढाएर जिल्ला अध्यक्ष चण्देश्वर मण्डलले शर्माको योगदानको चर्चा गर्दै अन्तिम श्रदान्जली अर्पण गरेका थिए । अन्तिम श्रदान्जलीका लागि धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो ,स्थानिय नेता विजय महतो , राष्ट्रिय युवा संघ सिरहाका जिल्ला अध्यक्ष दिनेश यादव लगायत नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थितिका बीच अन्तिम श्रदान्जली अर्पण गरिएको थियो । नेकपा एमाले केन्द्र कमिटी सदस्य सिरहा जिल्लाको इन्चार्ज तथा धनगढीमाई नगरपालिकाका प्रवक्ता समेत रहेका शर्माको पूजनीय पिताको असमायिक निधनप्रति वाडा नम्बर १२ का संपूर्ण आम मानिस चिंतित भएको छ ।

प्रतिक्रिया दिनुहोस

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

लक्ष्मीपुर पतारी–६ क ...

लहान, ३० असोज । लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर पासवान टोलकी करीब १३ वर्षीया रुमा पासवान यतिबे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१