विष्णुपुरको रोज बोर्डिङ विद्यालयमा बालिका बलात्कृत

  • पुस १, २०८०
  • १०४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान ०१ पुस । मधेश प्रदेशको सिरहा जिल्ला स्थित एक निजी विद्यालयको होस्टेलमा एक नावालिक बलत्कृत भएकी छिन विद्यालयमा खाना बनाउन आमालाई पालो दिन गएकी बालिका बलात्कृत भएकी छिन् । विष्णुपुर गाउँ पालिका वडा न० १ मा रहेको निजि विद्यालय रोज बोर्डिङ स्कूलको होस्टलमा आफ्नो आमाको सट्टा आफू खाना पकाउन गएकी १४ वर्षीय किशोरी बिहीबार मध्यराति २५ वर्षीय शिक्षक रञ्जित यादवबाट बलात्कृत भएकी हुन् ।

घटनापछि शिक्षक यादव फरार भएका छन् । बलात्कार आरोपित शिक्षक यादव सिरहा नगर पालिका १७ पटेर्वाका हुन् । उनले त्यस स्कूलमा विज्ञान विषय पढाउँदै आएका थिए  । घटना लगत्तै किशोरीले राति नै दिदीलाई फोन गरेर जानकारी गराएकी थिइन् । उनकी दिदीले विद्यालयका सञ्चालक संजय यादवलाई राति १२ बजे फोन गरेर घटनाबारे जानकारी दिएकी थिइन् । विद्यालय संचालक यादवका अनुसार आरोपित शिक्षक राति नै फरार भएका हुन् । उनले भने, ‘बालिका राति नै घर जान चाहेकी थिइन्  मैले राति नजाउ भनेर राखेँ । बिहान अभिभावक आएपछि उनीहरुकै जिम्मा लगाएको हो ।

स्कूलका सञ्चालक यादवले स्कुल र आफूहरूको बेइज्जत हुने भन्दै मिलापत्र गर्न दबाब दिएको बालिकाका आफन्तको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाबारे जानकारी आएको र यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डले पीडित आएको र उनका अभिभावकहरु आउने क्रममा रहेकाले घटनाबारे सोधपुछ गर्ने कार्य भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१