विष्णुपुरको रोज बोर्डिङ विद्यालयमा बालिका बलात्कृत

  • पुस १, २०८०
  • १०६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान ०१ पुस । मधेश प्रदेशको सिरहा जिल्ला स्थित एक निजी विद्यालयको होस्टेलमा एक नावालिक बलत्कृत भएकी छिन विद्यालयमा खाना बनाउन आमालाई पालो दिन गएकी बालिका बलात्कृत भएकी छिन् । विष्णुपुर गाउँ पालिका वडा न० १ मा रहेको निजि विद्यालय रोज बोर्डिङ स्कूलको होस्टलमा आफ्नो आमाको सट्टा आफू खाना पकाउन गएकी १४ वर्षीय किशोरी बिहीबार मध्यराति २५ वर्षीय शिक्षक रञ्जित यादवबाट बलात्कृत भएकी हुन् ।

घटनापछि शिक्षक यादव फरार भएका छन् । बलात्कार आरोपित शिक्षक यादव सिरहा नगर पालिका १७ पटेर्वाका हुन् । उनले त्यस स्कूलमा विज्ञान विषय पढाउँदै आएका थिए  । घटना लगत्तै किशोरीले राति नै दिदीलाई फोन गरेर जानकारी गराएकी थिइन् । उनकी दिदीले विद्यालयका सञ्चालक संजय यादवलाई राति १२ बजे फोन गरेर घटनाबारे जानकारी दिएकी थिइन् । विद्यालय संचालक यादवका अनुसार आरोपित शिक्षक राति नै फरार भएका हुन् । उनले भने, ‘बालिका राति नै घर जान चाहेकी थिइन्  मैले राति नजाउ भनेर राखेँ । बिहान अभिभावक आएपछि उनीहरुकै जिम्मा लगाएको हो ।

स्कूलका सञ्चालक यादवले स्कुल र आफूहरूको बेइज्जत हुने भन्दै मिलापत्र गर्न दबाब दिएको बालिकाका आफन्तको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाबारे जानकारी आएको र यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डले पीडित आएको र उनका अभिभावकहरु आउने क्रममा रहेकाले घटनाबारे सोधपुछ गर्ने कार्य भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिराहा–१ मा कांग्रेस ...

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१