Siraha Times
ताजा समाचार

अग्नि पिडित मुन्नीलाई राष्ट्रिय कृषक समुह महासंघको सहयोगमा वाडाअध्यक्ष यादव द्वारा राहत हस्तान्तरण

  • मंसिर १०, २०८०
  • ११२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १० मंसिर । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ४ सिमराहाको गजेन्द्र मगरदैता यादवको ७ गते शुक्रवार दिउँसो १ बजे आगलागी हुँदा सबै धनमाल जलेर नस्ट भएका थिए। आज आगलागी पीडित यादवको पत्नी मुन्नी यादवलाई सहयोग स्वरुप राष्ट्रिय कृषक समुह महासंघको मधेस प्रदेश कार्यालय लहानको सहयोगमा राहतका बिभिन्न सामग्री वाडा अध्यक्ष रमेश कुमार यादव द्वारा हस्तान्तरण भएको छ।

आगलागी पीडित यादव रोजगारीको लागी एक महिना अगाडी रु ३ लाख रीण काढेर मलेसिया गएका छन र निम्न बर्गका रहेछन। पत्नी मुन्नी सासु र एक बच्चा सहित उक्त घरमा बस्दै आइरहेकी थिइन। ज्यालामजदुरी गर्न घर बाट बाहिर रहेको बखत घरमा आगलागी भएकोले घरमा रहेका सम्पुर्ण सामान जलेर नस्ट भएको देखेर मुन्नी आकाश बाट झरेको जस्तो भएकी थिइन।

अहिले मुन्नीलाई हरीबिजोग भएको छ। अहिले मुन्नीको उद्दारको लागी वाडा अध्यक्ष, गा.पा. अध्यक्ष र विभिन्न संघ संस्थाले थोरै भए पनि राहत सामग्री बितरण गरिरहेको छ तर उसको बासको लागी हाल सम्म कुनै ब्यबस्थापन हुन सकेको छैन। वाडा अध्यक्ष रमेश कुमार यादव र गा.पा. अध्यक्ष केदारनाथ यादव, उपाध्यक्ष निलम यादव तथा विभिन्न संघ संस्थाहरुले घर बनाउने आश्वासन दिए पनि हाल सम्म घर बनाउने ठोस योजना कहि कतै बाट आएको छैन।

यस्तो जाडोको समयमा अर्काको घरमा शरण लिएर बसिरहेकी मुन्नीलाई सानो भए पनि घरबासको एकदमै खाचो छ। सहयोगी मन र हातहरु यी पिडितको पुकार सुनि दिन जरुरी देखिएको छ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१