Siraha Times
ताजा समाचार

धारिलो हतियार प्रहार गर्दा चार गम्भिर, महिलाको भ्रुण हत्या

  • मंसिर ९, २०८०
  • ११६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ९ मंसिर । सिरहाको लहान २३ गाढामा तास खेल्ने विवादमा एक महिलाको भ्रुण हत्या भएको छ । योसँगै ५ जनालाई निर्घात कुटपिट गरी घाईते बनाएको छ । घटना मंसिर ३ गते साढे ९ बजेतीर हो । समान्य विवादपछि घर फर्किएका प्रमोद सहनीलाई विपक्षी मनिलाल सहनी, छेदी सहनी, शिवनारायण, शिवशंकर, मुकेश, राजेश, राकेश, सुर्यनारायण सहनी, मनेजरसहनीलगायत एकदर्जन बढीको एक समूहले पूनः विवाद बढायो । ति समूहले प्रमोदकै घर पुगेर धारिलो हतियार (कुखुरी), बञ्चरो, मोटरसाईकलको चैन, लाठी प्रहार गरी प्रमोद सहनी (बर्ष ३१), शिवप्रसाद सहनी (बर्ष ५५), लछो सहनी (बर्ष ६०), कविता सहनी (बर्ष २५)लाई मरनासन कुटपिट गरी गम्भिर घाईते तुल्याएको छ ।

धारिलो हतियार प्रहार गर्दा शिवप्रसाद सहनीको हात भाँचिएको छ । उनको उपचार विराटनगरको नोवेल अस्पतालमा भइरहेको छ । लछो सहनीको टाउँकोमा एक ठाउँ ५ टाँका र अर्को ठाउँ टाउँकोमै १० टाँका लगाएको छ । उनको अवस्था गम्भिर रहेको छ । प्रमोदको टाउँकोमा ५ वटा टाँका लगाएको छ । कविता सहनीको पेटमा रहेको दूई महिनाको बच्चा तुहिएको छ । उनीहरुको उपचार लहानको कामना हाँस्पिटलमा भइरहेको छ ।

घटना भएको आज ६ दिन वितिसक्दा पनि प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको पीडितको गुनासो छ । पीडित प्रमोद सहनीले ‘खेलको समयमा समान्य भनाभन भएपछि म छठी घाट गए ।’‘उनीहरु मेरो घरमा आएर तोडफोड गर्न थाले ।’ ‘अनि मेरी भाउजु रेणु सहनी गुहार गर्दै छरछिमेकीमा गएपछि हामीलाई खबर हुना साथ घर फर्किए ।’‘घर फर्किदा उनीहरुले एक्कासी कुटपिट गर्न थाले ।’‘हामी सँख्यामा कम भएकोले उनीहरुले धारिलो हतियार प्रहार गरेर बेहोश बनाइदिए ।’ दोषीलाई आवश्यक कारवाहीको लागि घटनाको भोली पल्ट (मंसिर ४ गते ) पीडितले ईलाका प्रहरी कार्यालय लहानमा निवेदन दिएका छन् ।

प्रहरीले दोषीलाई खोजतलास गर्दा राजनीतिक बलमा घटना भएको पाँच दिनपछि (मंसिर ७ गते) विपक्षीले पनि प्रहरीमा निवेदन दिएका छन् । विपक्षीले नक्कली चोटपटकको आधार तयार गरेर केही व्यक्तिलाई उपचारको लागि विराटनगर पठाएका छन् । राजनीतिक दवावमा दोषीलाई मनोवल बढाउँने काम भइरहेको स्थानीयको गुनासो छ । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भोला भट्टले ‘अहिले तत्काल ठाडो निवेदनको आधारमा घाउजाँचको प्रक्रिया अगाडि बढाएको छ ।’‘दोषी यथाशिघ्र पक्राउ गर्न खोजि भइरहेको छ ।’‘कुनै राजनीतिक दवावमा हामी नजाने डिएसपी भट्टले बताए ।

 

प्रतिक्रिया दिनुहोस

तराईमा जुडशीतलको उल् ...

​विनोद अविरल/ सिराहा वैशाख २ । तराई-मधेश तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व हर्षोल्लासका साथ म ...

संगठित कुशवाहा, समृद ...

सिरहा टाइम्स लहान वैशाख १ । “संगठित कुशवाहा, समृद्ध समाज” भन्ने मूल नारासहित नेपाल कुशवा ...

ऑक्सफ़ोर्ड इंग्लिश एक ...

कपिलवस्तु /कृष्णनगर कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं २ मा रहेको ऑक्सफ़ोर्ड इंग्लिश एके ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१