Siraha Times
ताजा समाचार

वडाअध्यक्ष यादव टिम सहित पुगे आगलागी पिडितको घरमा

  • मंसिर ८, २०८०
  • ८१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ८ मंसिर । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ४ सिमराहा गाउँको गजेन्द्र यादव मगरदैताको घरमा हिजो दिउसो १;० बजे आगलागी घटनाको खवर सुन्ने बितिकै ४न.का वाडाअध्यक्ष रमेश कुमार यादवको अगुवाइमा जनप्रतिनिधिको टिम सहित आगलागी पिडितको घरमा पुगे सान्त्वनाका साथ सहयोग गरेका थिए ।  उक्त आगलागी घटनाबाट पिडित मगरदैताको घरमा १० लाख बराबरको धनमाल पुर्णरुपले जलेर खरानी भएको छ। पिडित यादव १ महिना अगाडी मात्रै रोजगारीको लागी मलेसिया गएको निजको पत्नी मुन्नी देवी यादवले जनाएकी छिन। पिडित यादवको घरमा अहिले उसको आमा, पत्नी र एक बच्चा रहेको र ती सबै ज्याला मजदुरी गर्न खेतबारी गएको बेला सो घटना घटेको छिमेकी राजेश यादवले बताएका छन।

एउटै फुसको घरमा बस्दै आइरहेको ती परिवारलाई अहिले यस्तो जाडोको समयमा हरिबिजोग भएको छ। खान,बस्न र लगाउन सार्है मुस्किल देखेर वडाअध्यक्ष यादवले तत्काल खाने बस्ने र लगाउने ब्यबस्था मिलाउने र थप सहयोगको लागी स्थानीय सरकार संग समन्वय र सहकार्य गर्ने बाचा पिडित समक्ष गरेका छन ।

पिडितहरुलाई तत्काल आफन्तको घरमा ब्यबस्थापन गरिएको छ। पिडित यादव गरीबी खेप्न नसकी रीण काढेर बिदेश कमाउन गएको बुझिएको छ यता उसको परिवार माथी यस्तो दु:खद घटना घटेको बखत सहयोग स्वरुप सहयोगी हातहरु अगाडी बढ्न जरुरी देखिएको छ भने स्थानीय सरकारको प्राथमिकतामा यो गरीब परिवार पर्न एकदमै जरुरी समेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१