नेतृ यादव जनताको मन जित्दै लोकप्रिय बन्दै

  • कार्तिक २५, २०७९
  • ८२८ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रदेशसभाको लागि सिरहा–३ को (ख) बाट उम्मेदवार रहेकी जसपाकी प्रभावशाली नेतृ रेणु यादव जनताको मत जित्न आँतुर छिन् । चुनावअघि नै जनताको मन जितेकी रेणु अब निर्वाचनमा जनताको मत जित्न आँतुर छिन् । चुनावको मिति नजिकिएसँगै उनी यतिवेला घरदैलोको चटारोमा छिन् । विहान सबेरैदेखि राति अबेरसम्म उनी घरदैलोमा व्यस्त छिन् । उनको चुनावी प्रचारप्रसारमा जनताको व्यापक सहभागिता देखिएको छ । सो क्षेत्रमा प्रतिनिधिसभाको लागि एमालेबाट लिलानाथ श्रेष्ठ उम्मेदवार छन् । रेणु जसपाकी मधेश प्रदेशकी कोषाध्यक्षसमेत हुन् । राजनीतिक सक्रियता र समाजसेवामार्फत पुर्याएको योगदानको कारण नै रेणु सिरहामा लोकप्रिय छिन् । जिल्लामा मात्रै नभएर मधेश प्रदेशमा नै महिला सशक्तिकरण र अधिकार स्थापितको आन्दोलनमा उनले अग्रणी भूमिका निर्वाह गर्दै आएकी छिन् । संघकै निर्वाचन लड्न दबाब रहेपनि उनले भने प्रदेशसभामा पुगेर काम गर्ने चाहना राखेको कारण पार्टी अध्यक्ष यादवकै आग्रहमा उनी सिरहा ३ को (ख) बाट चुनावी मैदानमा उत्रिएकी हुन् । राजनीतिलाई आफूले पेशाको रुपमा नभएर सेवाको रुपमा लिएको उनको भनाई रहँदै आएको छ । महिला सशक्तिकरण र पार्टीले अघि सारेका एजेण्डा स्थापित गराउन उनको भूमिका सशक्त रहेको छ । उनले आफ्नो चुनावी एजेण्डामा शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण र रोजगारी सिर्जना रहेका छन् । उनले घरदैलोको क्रममा पनि आफूले झुठा सपना नदेखाउने र सकेको काम गरेर देखाउने प्रतिबद्धता जनाउने गरेकी छिन् । रेणुको घरदैलोमा अहिले युवादेखि बयोबृद्धसम्मको जनलहर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

जी.स.स. प्रमुख महतोक ...

लहान, फागुन २९ । जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा  “Nutrition for Life (N4L)” ...

सिरहामा आँपका बगैँचा ...

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन् ...

धानपछि गहुँमा पनि सं ...

रहमुल लहान, २८ फागुन । यस वर्षको असामान्य मौसमका कारण सिरहासहित तराईका विभिन्न क्षेत्रमा किसानहरू लग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१