नेतृ यादव जनताको मन जित्दै लोकप्रिय बन्दै

  • कार्तिक २५, २०७९
  • ७४९ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रदेशसभाको लागि सिरहा–३ को (ख) बाट उम्मेदवार रहेकी जसपाकी प्रभावशाली नेतृ रेणु यादव जनताको मत जित्न आँतुर छिन् । चुनावअघि नै जनताको मन जितेकी रेणु अब निर्वाचनमा जनताको मत जित्न आँतुर छिन् । चुनावको मिति नजिकिएसँगै उनी यतिवेला घरदैलोको चटारोमा छिन् । विहान सबेरैदेखि राति अबेरसम्म उनी घरदैलोमा व्यस्त छिन् । उनको चुनावी प्रचारप्रसारमा जनताको व्यापक सहभागिता देखिएको छ । सो क्षेत्रमा प्रतिनिधिसभाको लागि एमालेबाट लिलानाथ श्रेष्ठ उम्मेदवार छन् । रेणु जसपाकी मधेश प्रदेशकी कोषाध्यक्षसमेत हुन् । राजनीतिक सक्रियता र समाजसेवामार्फत पुर्याएको योगदानको कारण नै रेणु सिरहामा लोकप्रिय छिन् । जिल्लामा मात्रै नभएर मधेश प्रदेशमा नै महिला सशक्तिकरण र अधिकार स्थापितको आन्दोलनमा उनले अग्रणी भूमिका निर्वाह गर्दै आएकी छिन् । संघकै निर्वाचन लड्न दबाब रहेपनि उनले भने प्रदेशसभामा पुगेर काम गर्ने चाहना राखेको कारण पार्टी अध्यक्ष यादवकै आग्रहमा उनी सिरहा ३ को (ख) बाट चुनावी मैदानमा उत्रिएकी हुन् । राजनीतिलाई आफूले पेशाको रुपमा नभएर सेवाको रुपमा लिएको उनको भनाई रहँदै आएको छ । महिला सशक्तिकरण र पार्टीले अघि सारेका एजेण्डा स्थापित गराउन उनको भूमिका सशक्त रहेको छ । उनले आफ्नो चुनावी एजेण्डामा शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण र रोजगारी सिर्जना रहेका छन् । उनले घरदैलोको क्रममा पनि आफूले झुठा सपना नदेखाउने र सकेको काम गरेर देखाउने प्रतिबद्धता जनाउने गरेकी छिन् । रेणुको घरदैलोमा अहिले युवादेखि बयोबृद्धसम्मको जनलहर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल राष्ट्रिय दलित ...

रहमुल लहान ६ साउन ।  नेपाल राष्ट्रिय दलित जनकल्याण संघ (Nepal National Dalit Welfare Organizati ...

लक्ष्मीपुर पतारीमा ए ...

लहान, ४ साउन । नेकपा एमाले लक्ष्मीपुर पतारी गाउँपालिका कमिटीका नेता तथा कार्यकर्ताहरूले गाउँपालिकामा ...

युवा घनश्याम यादव : ...

ओम प्रकाश यादव लहान ५ साउन । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाबाट उदाएका एक होनहार युवा, घनश्याम य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१