सशस्त्र प्रहरीद्वरा प्रतिबन्धित विष्फोटक पदार्थ र भारतीय कुखुरा बरामद गरि नस्ट

  • असोज ३, २०७९
  • ७५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा ३ असोज पर्साको ठोरी गाउँपालिकाबाट शास्त्र प्रहरीले प्रतिबन्धित बिस्फोट पदार्थ पटका बरामद गरेको छ । सशास्त्र प्रहरी बोडर आउट पोस्ट सुबर्णपुरबाट सशास्त्र प्रहरी निरीक्षक दिपक नापीतको नेतृत्वमा रहेको सशास्त्र प्रहरीको टोलिले नियमीत चेक जाचको क्रममा ठोरी गाउँपालिका वडा न ५ बाघमोर्चा पुलमा ठोरीबाट काठमान्डो जाँदै गरेको यात्रु बाहक बसलाई चेक जाँच गर्दा बसबाट दुई सय प्याकेट पटखा बरामद गरेको हो । भारतबाट अबैध रुपमा नेपाल भित्र्याइ काठमान्डो लेजानका लागि बसमा लोड गरिएको सुचना प्राप्त भएपछि सशास्त्र प्रहरीले चेक जाँच गर्दा बसमा उत्त परिमाण पटका बरामद गरेको सशास्त्र प्रहरी बल १३ नाम्बर हेड कवाटर पर्साले जनाएको छ ।बरामद गरिएको पटका स्थानीय भद्रभलादमि र सन्चारकर्मिको रोहवरमा बोडरआउट पोस्टको परिसरमा खाल्डोमा पुरेर नस्ट गरिएको सशास्त्र प्रहरी बल १३ नाम्बर गणका सशास्त्र प्रहरी उपरिक्षक तेजप्रसाद पोखरेलले जनकारी दिनुभयो छ्न ।

यस्तै पर्साको जिराभवानी गाउँ पालिकाबाट पनि सशास्त्र प्रहरीले भारतबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको आवस्थामा भारतिय बोइलर कुखुरा बरामद गरेको छ। सशास्त्र प्रहरी बोडर आउट पोस्त महादेवपटिका सशास्त्र प्रहरी निरीक्षक रमेश साखको नेतृत्वमा गएको सशास्त्र प्रहरीको गस्ति टोलिले जिराभवानी गाउँपालिका वडा न १ जगतिया गाउँबाट ३० वटा बोइलर कुखुरा बरामद गरेको हो ।बरामद गरिएको कुखुरा स्थानीय भद्रभालदमि र सन्चारकर्मि साथै नेपाल प्रहरीको रोहबरमा नस्ट गरिएको सशास्त्र प्रहरी बल १३ नाम्बर गणका सशास्त्र प्रहरी उपरिक्षक तेजप्रसाद पोखरेलले जनकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

नवराजपुरमा कक्षा १ द ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । शिक्षा क्षेत्रको सुदृढीकरण तथा बालबालिकालाई आफ्नै गाउँ समाज ...

सिरहामा ब्राह्मण–मण् ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । सामाजिक सुधार अब भाषण वा नारामा मात्रै सीमित नरहने संकेत दिने एउ ...

टिपरको ठक्कर बाट किस ...

रहमुल लहान ३१ बैशाख । सिरहाको मिर्चैया नगरपालिका ७ मा विहान टिपरको ठक्कर बाट एक जना वृद्ध किसान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१