सिरहासहित मधेशमा दुईदिने जितिया मनाइयो

  • आश्विन २, २०७९
  • ७७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान / २ असोज । सन्तानको शुखशान्ति दिर्घायुका साथै बंशवृधिको मुख्य पर्वको रुपमा जितियालाई मानिन्छ । उक्त जितिया पर्व यसवर्ष सिरहा, महोत्तरी सहितका मधेश प्रदेशका जिल्लाहरुमा दुईदिने जितिया मनाइयो छ। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकासहितको गाउँहरुमा शुक्रबार रातिबाट व्रत बसेका ब्रतालु महिलाहरुले आज आइतबार २:०० पुजापाठसहित जितमाहानलाई दर्शनगरि व्रत सम्पन्न गरेका छन। त्यसतै महोत्तरी बर्दिबासका प्रदिप रसाइलीका अनुसार त्यहाँका आइमाई महिलाहरुले शनिबार रातिबाट व्रत बसेको बताउनु भएको छ। वहाँहरुले सोमबार बिहानबाट ब्रतलाई मुर्तरुप दिइनेछ । धनुषा जिल्लासँग जोडिएको छिमेकी राष्ट्रमा भारतमा पर्ने महिनाथपुरमा भने, त्यहाँ पनि शुक्रबार रातिबाट व्रत बसेको ब्रतालुले आज व्रत तोडिएको बताइएको छ। मधेशको महत्वपूर्ण लोकपर्वको रुपमा रहेको जितियालाई जिउतिया,जिमूतवाहन र जिवित्पुत्रका नामले पनि चिनिन्छ । यो पर्वमा विशेषगरी सन्तानको यो व्रत तीन दिनसम्म चल्छ असोज सप्तमीदेखि नवमी तिथीसम्म विधिपूर्वक व्रत गरिन्छ ।

मधेशीका महिलाहरू खोला नाला नदीमा गई धुमधामसँग जितिया पर्व मनाउँछन् । तर शहरका खोलाहरू फोहर भएकाले घरमै वर्तालुहरू नुहाउने गर्छन् । भारती गुप्ताले 'सप्तमी अर्थात् पहिलो दिनलाई 'निहाएखाय' को दिन भनिन्छ यस दिनमा बिहानै बर्तालु नङ काटी खोला, पोखरी वा घरमै गङ्गाजल पानीमा राखी तोरीको तेल र खरी (पिना) ले नुहाउने गरिन्छ । त्यो दिन पितृ स्मरण गरी पूजा गरिन्छ ' विषेश गरेर यो दिन नौनीको साग, कोदोको पिठोको रोटी, कन्दा, झिमनीको तरकारी खान्छ । कति ठाउँमा माछा पनि खाई पूजाको शुरुआत गरिन्छ । खानाको लागि तिथी अनुसारको समय तोकिएको हुन्छ । त्यहीअनुसार सप्तमीको एक छाक मात्र नूनिलो खाना खानुपर्छ । जितियाको दोस्रो दिनलाई खुरजितीया भनिन्छ । यस वर्षमा सरगही-ओठगन गर्ने समय पनि छ बिहानै सबेरै नुहाएर घिरौंलाको पातमा दही चिउरा मिठाईले चिल, स्याल र जिमुतवाहनको पूजा गरिन्छ । त्यही सयममा व्रतको संकल्प लिई ब्रतालुले प्रसादी खाने गर्छ । त्यस समयमा परिवारको सदस्यहरूले पनि चढाएको प्रसादी खाने चलन छ । विशेषगरी ब्रतालु घरका बालबालिकालाई प्रसादी दिएर खुशी तुल्याइन्छ ।

यो जितिया ब्रत छठ जस्तै कठीन ब्रत हो । अष्टमी तिथीको जतीया व्रतको संकल्प लिई सकेपछि निरहार, निर्जला व्रत नवमी अर्थात् पारनसम्म बस्नुपर्छ यो व्रत प्रदोशकाल अर्थात् औंसीमा गरिन्छ । यो वर्ष नयाँ व्रतालुहरूलाई शुभ मुर्हत (समय) छ । अष्टमीको दिन जितीया (जिवित्पुत्रिका) को माटो वा गाईको गोवरको मुर्ति बनाएर पूजा गरिन्छ त्यसैगरी चिल र स्यालको पनि प्रतिमा बनाएर पूजा गरिन्छ । पूजा सामग्रीमा विशेषगरी रक्षा धागो, रातो सिन्दुरको टीका, पान, ल्वाङ, नभाँचिएको चामलको अक्ष्यता, भिजेको चना, काक्रो, पान र घिरौंलोको पात, श्रृंगारको सामान आदिले विधिपूर्वक व्रतालुले कथा, गीत गाएर पूजा गर्छन् यो ब्रत सन्तान हुने महिलाले मात्र गर्छन् यसमा छोरा-छोरीको केही भेदभाव नगरी पूजा गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

लहान महोत्सवले स्थान ...

बिरेन्द्र प्रसाद नेपाल लहान ५ गते सिरहा । स्थानीयस्तरमा कलासंस्कृतिको धनी ब्यक्तुत्वा लहान ७ निवासी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१