Siraha Times
ताजा समाचार

लहान २४ का १६५ जना महिलालाई चामल, दाल, तेल, नुनलगायत खाद्यान सामग्री वितरण

  • कार्तिक २३, २०८२
  • ७४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, कार्तिक २३ । लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले स्वर्गीय श्रीमती संगीता कर्माचार्यको स्मृतिमा सुरु गरिएको सुत्केरी तथा गर्भवती महिलालाई पोषण प्याकेज वितरण कार्यक्रमलाई निरन्तरता दिएका छन्। मेयरमा निर्वाचित हुनुभन्दा पहिले नै सुरु गरिएको उक्त सामाजिक अभियानलाई उहाँले आजसम्म पनि अविरल रुपमा अघि बढाइरहनुभएको छ।

स्वर्गीय संगीता कर्माचार्यको २०७७ साल जेष्ठ २२ गते कोरोना संक्रमणबाट झापा बिर्तामोडस्थित बिएमसी अस्पतालमा निधन भएको थियो। उहाँको जनसेवा भावनालाई निरन्तरता दिँदै प्रत्येक महिनाको २२ गते लहान नगरपालिकाका सबै वडामा सुत्केरी तथा गर्भवती महिलालाई पोषण खाद्यान सामग्री वितरण गर्ने मेयर चौधरीको घोषणालाई नियमितता दिइदै आएको छ।

त्यही प्रतिबद्धता अनुसार, हिजो लहान–२४ मा १५० गर्भवती र १५ जना सुत्केरी गरी कुल १६५ महिलालाई पोषण प्याकेज वितरण गरिएको छ। प्रति व्यक्तिलाई चामल १० किलो, दाल, नुन, तेल, चना, मटरलगायतका खाद्यान सामग्री प्रदान गरिएको स्वास्थ्य चौकीकी सिअनमी छैठौं तहकी स्वास्थ्यकर्मी रिता यादवले जानकारी दिइन्।

कार्यक्रम वडा अध्यक्ष रासलाल रायको अध्यक्षतामा सम्पन्न भएको थियो भने मेयर महेश प्रसाद चौधरी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा स्वास्थ्य चौकीका प्रमुख, कर्मचारीहरू, स्वास्थ्य स्वयंसेविकाहरू, गर्भवती तथा सुत्केरी महिलाहरू, उनीहरुसँग आएका सहयोगीहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी महिलाहरूले मेयर चौधरीको मानवीय कार्यको प्रशंसा गर्दै “मेयर साहेबले धेरै राम्रो काम गर्नुभएको छ, हामी खुसी छौं, अर्को चुनावमा पनि उहाँलाई नै जिताउँछौं” भन्ने भावना व्यक्त गरेका थिए। त्यसैगरी वडा–२४ पक्की टोलकी सन्जुला सदायले भनिन्, “मलाई यी सामान कसैले देला भन्ने थाहा पनि थिएन। स्वास्थ्य चौकी आएको बेला यस्तो जानकारी हुँदा धेरै खुसी लाग्यो। मेरो लागि यो ठूलो सहयोग हो।”

पोषण प्याकेज वितरण कार्यक्रम वडाको कार्यालय नजिकै रहेको स्वास्थ्य चौकीको प्राङ्गणमा सम्पन्न गरिएको थियो। मेयर चौधरीले यसअघि पनि गरिब, दलित, असहाय र उत्पीडित वर्गका व्यक्तिहरूलाई लत्ताकपडा, कम्बल, चामल, कर्कटपाता, निःशुल्क आँखा उपचार र मोतीबिन्दु शल्यक्रिया, आर्थिक सहयोगलगायतका जनसेवा–मुखी कार्यक्रमहरू सञ्चालन गर्दै आउनुभएको छ।

व्यक्तिगत जीवनमा साधारण र मितव्ययी स्वभावका चौधरीले ठूला व्यक्तिहरूसँग भव्यता प्रदर्शन गर्नुभन्दा पनि जनताको दु:खसुखमा साथ दिँदै सहयोगका हात अघि सार्ने नेताको परिचय बनाउँदै आउनुभएको छ।

प्रतिक्रिया दिनुहोस

बाढीपीडितका लागि एनआ ...

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकक ...

वर्षौ देखिको अवरोध त ...

ओम प्रकाश यादव सप्तरी, भदौ १४ । सप्तरीको बलानबिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गरहाइ जनता ...

स्थगित परीक्षा पुनः ...

ओम प्रकाश यादव लहान , भदौ १३ । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गरहाई जनता माध् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१