बुटवलमा म्याद सकिएका औषधिमा मिति थपेर बेच्ने तीनजना पक्राउ

  • असार ८, २०७९
  • १४६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स जगत ठाडा मगर बुटवल । रुपन्देहीको बुटवलमा म्याद सकिएका औषधिमा नयाँ मूल्य र मिति राखेर बिक्री वितरण गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको नागार्जुन गाउँपालिका वडा नं २ का २८ वर्षीय प्रकाश भण्डारी, वडा नं ३ का २३ वर्षीय महेश भण्डारी र दशरथचन्द नगरपालिका– ११ का २६ वर्षीय हरिश भण्डारी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले यस अनलाईनलाई जानकारी दिए।

उनीहरुलाई बुटवल उपमहानगरपालिका– ७ दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैध रुपमा औषधि तथा पोषणयुक्त सामग्रीको गोदाम गरेर नयाँ मूल्य राखी बिक्री वितरण गरेको आरोपमा पक्राउ गरिएको हो st। पक्राउ परेकाहरुउपर सार्वजनिक हित स्वास्थ्य सुरक्षा र नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छst । प्रहरीले उनीहरुको साथबाट २ सय कार्टुन विभिन्न प्रकारका प्रशाधन (औषधि) तथा पोषणयुक्त सामग्रीहरु र एकथान प्रिन्टिङ मेसिन बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–९ का महिला समूह ...

रहमुल,लहान, २२ मंसिर । स्वावलम्बन लघुवित्त र महुली लघुवित्तद्वारा संयुक्त रूपमा संचालित लह ...

जनता समाजवादी पार्टी ...

कपिलवस्तु, मंसिर २२।  जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश समितिको नेतृत्वमा अकरम पठान चयन भएका ...

जमियत उलेमा ए नेपालक ...

रहमुल, लहन २२ मंसिर । जमियत उलेमा ए नेपालको चौथो महाधिवेशन बोदे बर्साइन नगरपालिका–५, जॉजर बनौल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१