Siraha Times
ताजा समाचार

लहानका अधिकाँश होटलमा म्याद गुज्रिएका पकवान, डिलरलाई कारवाही गर्नुपर्ने माग

  • असार ३, २०७९
  • १०७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक । रेडियो सौगात) लहान, २ असार । पैसा तिरेपछि स्वस्थ, स्वच्छ तथा ताजा खानेकुरा पाउँनु पर्ने हो । तर, लहानमा ठीक उल्टो अखाद्य पदार्थबाट बनेको खाना पकवान होटलहरुमा फेला परेको छ । बजार अनुगमन समितिले आज लहानमा अनुगमन गर्दा यस्ता म्याद गुज्रिएको पकवान बनाउँने मासु, मेदा, खानेतेल म्याद गुज्रिएको समान फेला पारेको छ । योसँगै लेवल विनाको भुजिया, दही र प्रतिबन्धित दुधको धुलो अनुगमन समितिले फेला पारेको छ ।

No description available.

होटलमा पकाउन ल्याउँने मेदा, मासु, खानेतेल, दही नै म्याद गुज्रिएको छ भने त्यसबाट बनाउँने पकवान त्यसै विषसरह म्याद गुज्रिएको हो । यसमा स्टोर तथा डिलरलाई जाँच गर्नुपर्ने हो स्थानीय उपभोक्ता जगदीश मण्डल बताउँछन् । एक होटलले किराना पसलबाट खानेतेल आजै किनेर ल्याउँदा म्याद गुज्रिएको पाइएको छ । सो निलमनी नामक खानेतेल बजारमा म्याद गुज्रिएको अनुगमन समितिले फेला पारेको छ । त्यसैगरी वीरगन्ज खाद्य परवानीपुर पर्साबाट उत्पादित मेदा अधिकाँश होटलमा म्याद गुज्रिएको फेला पारेको छ । मेदा ४५ दिनभित्रै प्रयोग गर्नुपर्ने लेखिएको भएपनि ६५—७० दिन वितिसकेको फेला पारेको छ । त्यसैगरी, फ्रिजमा राखिएको मासु, खुला रुपमा राखिएको तथा झिँगा भिन्केको मासु फेला पारेको छ । मासु पसलमा व्यापक फोहोर रहेको र अखाद्य पदार्थको प्रयोग भएको समान फेला पारेको छ ।

No description available.

पशु एग्रो पसलमा समेत म्याद गुज्रिएको औषधी अनुगमन समितिले फेला पारेको छ । मिल्को डेरी उद्योगमा नेपालमा प्रतिबन्धित दुधको पाउडर समितिले फेला पारेको छ । मिल्को डेरीको प्रतिबन्धित दुध पाउडर कमाउन्डभित्रै नष्ट गरिएको छ । अनुगमन समितिले होटल, मासु पसल, एग्रोभेट, डेरी उद्योगलाई व्यवस्थापन तथा म्याद गुज्रिएको समान नराख्न तथा फोहोर व्यवस्थापन गर्न १५ दिनको समय दिएको छ । लहान नगरपालिका पशु विकास शाखाको स्वीकृत कार्यक्रम अनुसार उपमेयर रामचलितर महतोको अगुवाईमा आज लहान बजार अनुगमन गरिएको छ ।

त्यसैगरी, अनुगमन टोलीमा लहान १५ का वडा अध्यक्ष तथा पशु विकास संयोजक तेज नारायण चौधरी,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंह, ईलाका प्रहरी कार्यालय लहानका सव–इन्स्पेक्टर, स्वास्थ्य अधिकृत जगदिश मण्डल, पशु विकास शाखा लहान अधिकृत रामकृष्ण यादव ,पशु विकास शाखा अधिकृत छैठौ विशेश्वर प्रसाद चौधरी,नेपाल पत्रकार महासंघ सिरहाका निवर्तमान सभापति दिनेश्वरप्रसाद गुप्ता ,रेडियो सरगमका फिरोज शेख र पत्रकार महेश सिंहको संयुक्त अनुगमन टोलीले लहान स्थित मासु पसल ,डेरी पसल ,डेरी उधोग, होटल, भेटेरिनरी औषधि पसल,पाउरोटी उधोग लगायतमा अनुगमन गरेका छन् । बजार अनुगमनलाई निरन्तरन्ता दिने उपमेयर रामचरितर महतो बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

लाहानमा चोरको बिगबिग ...

लहान, वैशाख २३ । सिरहाको लहान नगरपालिका क्षेत्रमा पछिल्लो समय चोरीका घटनाहरू तीव्र रूपमा बढिरहेका बे ...

बलान बिहुलमा कुपोषण ...

रहमुल, लहान २२ वैशाख । “समृद्ध बलान बिहुल” अभियान अन्तर्गत सप्तरीको बलान बिहुल गाउँ ...

‘सुनौलो हजार दिन’ अभ ...

रहमुल, लहान, २२ वैशाख । मातृ तथा शिशु स्वास्थ्य सुदृढ गर्ने लक्ष्यसहित सिरहाको सखुवानन्कारकट्टी गाउँ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१