Siraha Times
ताजा समाचार

भारतले छिट्टै सय करोड उपलब्ध गराउनेछ : शास्त्री

  • मंसिर २, २०७८
  • ११७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम क्षेत्रका विकासकालागि घोषणा गरेको सय करोड रकम छिट्टै उपलब्ध हुने भएकोछ । धार्मिक भ्रमणको क्रममा जनकपुरधाम आइपुगेका भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले संचारकर्मीहरुलाई बताएका हुन् । प्रवक्ता शास्त्रीले नेपाल भारतको सम्बन्ध पौराणिक र ऐतिहासिक रहेको चर्चा गर्दै भारतीय प्रधानमन्त्री मोदीले जनकपुरधामको विकासको लागि घोषणा गरेको रकम चाँडै नै भारत सरकारले उपलब्ध गराउने जनाए । भारत सरकारले संचालन गर्ने रामायण सक्र्रिट रेल्वे योजनामा जनकपुरधामलाई पनि समावेश गरिने योजना रहेको उनले प्रष्ट गरे । नेपाल भारतबीचको सम्बन्ध प्रौराणिक कालदेखि प्रगाढ रहेको बताउंदै शास्त्रीले धार्मिक, साँस्कृतिक एवं राजनीतिक सम्बन्ध अझै प्रगाढ हुंदै जाने विश्वास व्यक्त गरे ।

उनले भारत सरकार सधैं नेपालको हितको पक्षमा रहेको प्रसंग उल्लेख गरे । उनी पूजा गर्न जानकी मन्दिर पुगेको बेला मन्दिरका महन्थ रामतपेश्वर दासले ‘गाई’ तस्करी रोक्न उनलाई सुझाएका थिए । महन्थ दासले आग्रह गर्दै भने, ‘नेपालमा गौ हत्या भइरहेको छैन । तर भारतमा चार/चार शंकाराचार्य छन् । यद्यपि गौ हत्या भइरहेको छ । यसलाई रोक्नुपर्छ । मेरो यो संदेश प्रधानमन्त्री नरेन्द्र मोदी सम्म पु¥याइदिनुस ।भाजपा नेता शास्त्रीले जनकपुरधाम उपमहानगरपालिका–७ स्थित सवरी कुटीमा दलित समुदायका अगुवा नेताहरुसँग भेटघाट पनि गरेका थिए । माडवाडी सेवा समितिमा पत्रकारहरुको भेटघाटपछि राजनीतिक दलका नेताहरुसँग पनि भेटघाट गरेका हुन । भाजपा प्रवक्ता शास्त्रीलाई जनकपुर विमानस्थलमा राजनीतिकर्मी देवेन्द्र यादव, लोसपा नेता वृशेषचन्द्र लाल, प्रदेश २ का जसपा सांसद चमेलीदेवी दास, दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठा लगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१