ताजा समाचार

समाज सेबी महेश चौधरीको ब्यक्तीगत लगानीमा प्रथम गोल्डकप सुरु

  • कार्तिक २३, २०७८
  • १२६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २३ कार्तिक - सिरहाको लहान नगरपालिका १५ बानो गाउँस्थित संगिता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा संचालित प्रथम गोल्डकप सोमबारदेखि सुरु भएको छ । पहिलो दिनको उद्घाटन खेलमा सिन्धुलीको दुधौली एकता फुटबल क्लबले लहान फुटबल क्लबलाई २–० अन्तरले पराजित गरेको छ । समय अभावको कारण पहिलो दिनको खेल ४० मिनेटको थियो । पहिलो २० मिनेटको हाफ र दोस्रो हाफमा दुधौली एकता कल्बको खेलाडीले गोल गरेका थिए । फाइनल खेलमा प्रथम हुनेलाई मेडलसहित ५० हजार रुपैयाँ र दोस्रो हुनेलाई मेडलसहित ३० हजार रुपैयाँ पुरस्कार दिइने बानो फुटबल क्लबका अध्यक्ष आनन्द चौधरीले जानकारी दिए ।

खेलको उद्घाटन नेपाली कांग्रेसका पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य पदमनारायण चौधरीले गरेका थिए । मन्तवयको क्रममा चौधरीले कुलतबाट बचाउन युवाहरुलाई खेलतर्फ आकर्षित गर्नुपर्ने बताएका थिए । समाजसेवी कर्माचार्यको कोरोनाकालमा गरिब विपन्न बस्तीमा राहत वितरण गर्ने क्रममा कोरोना संक्रमित भई मृत्यु भएको थियो। उनको समाजसेवाको सपना अनुसार मृत्यु भएको दिन हरेक महिना २२ गते प्रतिष्ठान मार्फत समाजसेवा कार्यलाई अगाडिं बढाएको प्रतिष्ठानका अध्यक्ष महेश चौधरीले जानकारी दिनु भयो। श्रीमति संगिता कर्माचार्यको सम्झनामा संगिता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा खेलकुद प्रतियोगिताको आयोजना गरेको समाजसेवी महेश चौधरीले बताउनुभयो ।

२०७८ जेठ २२ गते मेरो श्रीमती संगिता कर्माचार्यको कोरोनाको कारण अकालमा मृत्यु भएको छ , सम्झना स्वरुप प्रत्येक महिनाको २२ गते समाजिक कामगर्ने प्रतिबद्धता गरेअनुरूप आज खेलकुद प्रतियोगिता संचालन गरेको र यस प्रतियोगितामा मेरो ब्यक्तिगत तर्फबाट लाखौ खर्च भएको उनले सुनाए । दोश्रो दिनको खेल समसेरपुर सप्तरी र बिएफसि सिरहा बिच हुन्छ भने दिउँसो १ बजेको खेल जिवाईसी धनुषा र गोलवजार स्पोर्ट्स एफसी सिरहा बिच हुने आयोजक प्रतिष्ठानको अध्यक्ष महेश चौधरीले जानकारी दिनु भयो। उदघाट समहरोहमा समाजसेवी तथा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य महेश चौधरी,नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति अच्छ्मित लाल चौधरी ,वडा न.१५ का वडा अध्यक्ष तेजनारायण चौधरी,समाजसेवी बिरेन्द्र चौधरी लगायतको उपस्थिती रहेको थियो। खेलको सम्पुर्ण खर्च समाज सेबी महेश चौधरीले बेहोर्नु भएको छ।

 

प्रतिक्रिया दिनुहोस

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

बुवाकै अनुगमनमा नवीक ...

रंजित चौरसिया वीरगंज १८ असोज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤