चुनाव आगाडी गरेको प्रतिवद्धता बिर्सेको छैन : मेयर मुनि साह

  • वैशाख २९, २०७५
  • ११३६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मालहान,२९ बैशाख । लहानलाई सुन्दर नगर बनाउनको लागी लहान नगरपालिकाका मेयर मुनी साह नगरबासीहरु संगको छलफललाई तिब्रता दिएकोछ । लहानको मुख्य चौकको सडकको दुबैतिर फुटपाथमा घर टहरा , फलफूलको पसल , हुडिङग वोर्ड राखेको कारण सडक अवरुद्ध भईरहेकोले यो समस्या तत्कालै समाधान गर्नका लागि  प्रमुख  साह स्थानीयहरुसंग छलफल गरीरहेको हो ।
सडकमै पसल थपेर सडक कब्जा गरेका पसलेहरुसंग पुर्व पश्चिम लोकमार्गको दुबैतर्फ ३१ ÷३१ मिटर गरी ६२ मिटर घर टहरा हटाउन उनले आग्रह गरेका छन ।  नगरपालिकाबाट अन्तिम पटकको सुचना जारी भैसकेकाले घर टहरा  नहटाए  अटेरी गरे वल प्रयोग गरेर भएपनी सडक खाली गराउने चेतावनी दिएकाछन ।
स्थानीयहरुको प्रश्नको जवाफमा नगरप्रमुख साहले  भने चुनाव आगाडी मैले  गरेको  प्रतिवद्धता बिर्सेको छैन सडक किनारा , नहरका किनारामा रहेका गरिब, दलित, सुकम्बासी बस्तीहरुलाई व्यवस्थित बसोवासको लागि दिर्घकालिन रुपमा समस्या समाधान हुनेगरी  योजना बनिरहेको बताउनु भएकोछ । सडकमा पशु चौपाया नियन्त्रण , तरकारी तथा फलफूल बजार व्यावस्थापन , लगायताका समस्या सामाधानका लागी स्थानीयहरुको सदैब सहयोग चाहिने बताएका छन ।
स्थानियको सहयोग बिना सुन्दर लहानको सपना सकार हुन सक्दैन  भन्दै  नगर क्षेत्रको जमीनको व्यावस्थापन गर्न  , ठप्प भएका नालाहरुको निकासी गर्न  , सरसफाई जस्ता कामहरु नगरपालिको प्राथमिकतामा रहेको उनको भनाई रहेकोछ   ।  शिक्षा , स्वास्थ्य , रोजगारको क्षेत्रमा देखिएका समस्या सामाधानका लागी नगरपालिकाको चासोको बिषय रहेको उनको भनाई रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१