Siraha Times
ताजा समाचार

क्याम्पस प्रमुखमाथि हातपात गरिएको घटनाप्रति त्रि.वि प्राध्यापक संघ द्वारा खेद प्रकट

  • मंसिर ११, २०७६
  • १५८५ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

काठमाडौं, ११ मंसिर । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै मङ्सिर ९ गते सोमबारका दिन त्रिचन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा प्रदिपबहादुर न्यौपानेमाथि क्याम्पस परिसरभित्रै केहीे उच्छृङ्खल जत्थाले निर्घात रूपमा कुटपिट गरेको घटनाले त्रि.वि. प्राध्यापक संघ केन्द्रीय समितिलाई स्तब्ध बनाएको प्रेस विज्ञप्तिमा उल्लेख छ । संघका सभापति डा. वसन्त ढकालको हस्ताक्षर भएको विज्ञप्तिमा अगाडि भनिएको छ– त्रिचन्द्र बहुमुखीे क्याम्पस जस्तो उच्च शिक्षा हासिल गर्ने पवित्र स्थलमा सोही क्याम्पसको प्रमुखमाथि भएको अमानवीय घटनाप्रति त्रिवि प्राध्यापक संघ खेद प्रकट गर्दछ । साथै उक्त घटनाबाट त्रिवि पदाधिकारीहरूसमेत संवेदनशील हुनु पर्ने यथार्थतालाई मध्यनजर गर्दैे सो घटनाको यस संघ घोर भर्त्सना गर्दछ । साथै विज्ञप्तिमा घटनाको छानविन गरीे घटनामा संलग्न दोषीहरूलाई यथाशीघ्र कार्यवाही गरी यस्ता खालका अमर्यादित गतिविधिहरूलाई अन्त्य गर्नका लागि सम्वन्धित पक्षसँग जोडदार माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१