Siraha Times
ताजा समाचार

गाउँपालिका स्तरिय मानव अधिकार समुहको अध्यक्षमा साह र उपाध्यक्षमा यादव चयन

  • मंसिर ६, २०७६
  • १०४४ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

राम पुकार यादव ,सिरहा मंसिर ६ गते ।स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले बिष्णुपुरमा परियोजनाको परिचयात्मक तथा गाउँपालिका स्तरिय मानव अधिकार समुह गठन गरिएको छ ।

बिहिबार बिष्णुपुर गाउँपालिका स्थित साना किसान सहकारी संस्थाको सभा हलमा एक कार्यक्रमको आयोजना गरि समुह गठन गरिएको हो ।

बिष्णुपुर गाउँपालिकाका समन्वय एवम प्रदेश नम्बर २ ईन्सेकको कार्यालय जनकपुरको आयोजनामा सम्पन्न गरिएको सो कार्यक्रममा जम्मा १३ सदस्यि समुह गठन गरेको हो । बिष्णुपुर गाउँपालिकाको पाँच वटै वडाहरु बाट महिला र पुरुषहरुको बृहत रुपमा भेला गरि गठन गरिएको सो गाउँपालिका स्तरिय मानव अधिकार समुहको अध्यक्षमा उमाकान्त साह र उपाध्यक्षमा ममता कुमारी यादव चयन भएको छ भने समुहको सचिवमा अमर प्रसाद यादव,कोषाध्यक्षमा फुलेश्वरी देवि यादव लगायत सदस्यहरुमा वविता मिश्रा,कारी पाशवान,सुक्रिता कुमारी यादव,रामकलि महरा,राम कुमारी यादव,सिता देवि महरा,जगविर साफि,शोभा कुमारी महतो र राम परि पाशवान रहेका छन कार्यक्रममा इन्सेक प्रदेश नम्बर २ को फोकल पर्सन तथा कार्यक्रम संयोजक जागेश्वर यादवले मानव अधिकार सम्बन्धि समुह गठनको उदेश्य माथि प्रकाश पारेका थिए भने वडा अध्क्षहरुले यस गाउँपालिका भित्र रहेको भिभिन्न बेथितिहरुको बारेमा औंल्याउदै पहल र समन्वय गरि मानविय बिकासको सवालमा अधारभुत आवश्यकताहरुलाई त्रुटी रहित बनाउने प्रतिवद्धता गरेका थिए ।

कार्यक्रममा बिष्णुपुर गाउँपालिका उपाध्यक्ष तथा प्रमुख अतिथि अरुला देवि सिहंले नव गठित समुहका सबै पदाधिकारीहरु र सदस्यहरुलाई अबिर लगाउँदै सफल कार्यकालको शुभकामना व्यतm गरेकी थिईन ।

इन्सेक प्रदेश नम्बर २ का सयोंजक राजु पाशवानको अध्यक्षतामा सम्पन्न गरिएको सो कार्यक्रममा बिष्णुपुर गाउँपालिकाका वडा अध्यक्षहरु गोपिन्दर यादव,राम इश्वर यादव,राजकुमार यादव र इलाका प्रहरी कार्यालय बिष्णुपुरका इन्चार्ज शशिकान्त झा लगायत समाजसेविहरुको उपस्थिति रहेको इन्सेक सिरहाका प्रतिनिधि दुर्गा परियारले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१