राम पुकार यादव ,सिरहा मंसिर ६ गते ।स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले बिष्णुपुरमा परियोजनाको परिचयात्मक तथा गाउँपालिका स्तरिय मानव अधिकार समुह गठन गरिएको छ ।
बिहिबार बिष्णुपुर गाउँपालिका स्थित साना किसान सहकारी संस्थाको सभा हलमा एक कार्यक्रमको आयोजना गरि समुह गठन गरिएको हो ।
बिष्णुपुर गाउँपालिकाका समन्वय एवम प्रदेश नम्बर २ ईन्सेकको कार्यालय जनकपुरको आयोजनामा सम्पन्न गरिएको सो कार्यक्रममा जम्मा १३ सदस्यि समुह गठन गरेको हो । बिष्णुपुर गाउँपालिकाको पाँच वटै वडाहरु बाट महिला र पुरुषहरुको बृहत रुपमा भेला गरि गठन गरिएको सो गाउँपालिका स्तरिय मानव अधिकार समुहको अध्यक्षमा उमाकान्त साह र उपाध्यक्षमा ममता कुमारी यादव चयन भएको छ भने समुहको सचिवमा अमर प्रसाद यादव,कोषाध्यक्षमा फुलेश्वरी देवि यादव लगायत सदस्यहरुमा वविता मिश्रा,कारी पाशवान,सुक्रिता कुमारी यादव,रामकलि महरा,राम कुमारी यादव,सिता देवि महरा,जगविर साफि,शोभा कुमारी महतो र राम परि पाशवान रहेका छन कार्यक्रममा इन्सेक प्रदेश नम्बर २ को फोकल पर्सन तथा कार्यक्रम संयोजक जागेश्वर यादवले मानव अधिकार सम्बन्धि समुह गठनको उदेश्य माथि प्रकाश पारेका थिए भने वडा अध्क्षहरुले यस गाउँपालिका भित्र रहेको भिभिन्न बेथितिहरुको बारेमा औंल्याउदै पहल र समन्वय गरि मानविय बिकासको सवालमा अधारभुत आवश्यकताहरुलाई त्रुटी रहित बनाउने प्रतिवद्धता गरेका थिए ।
कार्यक्रममा बिष्णुपुर गाउँपालिका उपाध्यक्ष तथा प्रमुख अतिथि अरुला देवि सिहंले नव गठित समुहका सबै पदाधिकारीहरु र सदस्यहरुलाई अबिर लगाउँदै सफल कार्यकालको शुभकामना व्यतm गरेकी थिईन ।
इन्सेक प्रदेश नम्बर २ का सयोंजक राजु पाशवानको अध्यक्षतामा सम्पन्न गरिएको सो कार्यक्रममा बिष्णुपुर गाउँपालिकाका वडा अध्यक्षहरु गोपिन्दर यादव,राम इश्वर यादव,राजकुमार यादव र इलाका प्रहरी कार्यालय बिष्णुपुरका इन्चार्ज शशिकान्त झा लगायत समाजसेविहरुको उपस्थिति रहेको इन्सेक सिरहाका प्रतिनिधि दुर्गा परियारले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
सप्तरीको सीमावर्ती क्षेत्रमा प्रहरीमाथि आक्रमण : सुरक्षाकर्मी नै असुरक्षित, स्थानीय सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved