कमला बचाउ अभियानलाई निरंतरता दिदै धनुषाको पोर्ताहामा बृक्षा रोपन

  • मंसिर १, २०७६
  • ९४७ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरबरिया धनुषा ,मंसिर १ गते ।कमला बचाउ अभियान अन्तर्गत गणेशमान चारनाथ नगरपालिका पाेर्ताहा लवटाेलीमा वृक्षारोपण गरिएको छ ।

प्रत्येक हप्ताको शनिबार हुने कार्यक्रमलाई(शनिबार )पनि निरंतरता दिएको छ ।शहिदनगर नगरपालिकाकाे मेयर उदय कुमार बरबरियाको प्रमुख आतिथ्य एवम् गणेशमान चारनाथ वडा न.८का वडा अध्यक्ष रितेश सिंहको अध्यक्षतामा भएको कार्यक्रममा बृक्षा रोपन तथा अनुगमन गरिएको थियो ।

कमला बचाउ अभियानी तथा सहिदनगर नगरपालिकाका मेयर उदयकुमार बरबरियाको विशेष उपस्थितिमा भएको बैठकमा प्रथम वार्षिकोत्सबको समिक्षा गर्दै वार्षिकोत्सबमा सहभागि सम्पूर्णमा धन्यबाद ज्ञापन गरेका थिए ।

पूर्व पश्चिम राजमार्गको कमला पुल नजिक रहेको स्वर्गद्वारीमा कमला बचाउ अभियन्ताहरुको शनिबार बैठक बसेको थियो । यस्तै अगामी दिनमा समेत कमला बचाउ अभियानलाई सार्थक तथा राष्ट्रिय अभियानको रूपमा अगाडी बढाउने मेयर बरबरियाले बताए ।

यस्तै कमला बचाउ अभियानका अध्यक्ष विक्रम यादवले कमला बचाउ अभियानको अभिप्रायबारे सर्वासधारणहरुमा जनचेतना फैलाउन सके अभियान झन बलियो हुने विश्वास व्यक्त गरे ।

अभियान सुरु सुरुमा केही व्यक्तिहरुलाई सहभागी गराएर स्वेच्छाले गरिएपनि अहिले सयौंको सँख्यामा आफूखुसी अभियानमा लागेको बताए । उनले भने , - "यो अभियान व्यक्तिगत वा राजनीतिक होईन, कमला नदी संरक्षण गर्न सके यसबाट हुने फाईदाको अनुमान लगाउन पनि गाह्रो हुन्छ ।" साप्ताहिक कार्यक्रममा अभियानी एवम् युवा नेता महेश लाल यादव, अभियानका उपाध्यक्ष सुरेन्द्र यादव, सचिव विनोद महरा, अभियानीहरू राजकिशोर सहलैता, रूपेश विराजी, आशुतोष यादव र स्थानीय नागरिक समाज लगायतका उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

(एल.एल.बी) प्रवेश पर ...

विष्णुदेव सरदार / सिराहा, असार ४ गते । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सप्तरीको महेन्द्र ...

लहान वडा नं. ९ को नय ...

ओम प्रकाश यादव लहान, असार ४ । हिजो लहान नगरपालिका वडा नं. ९ मा निर्माणाधीन वडा कार्यालय भवनको छत ढला ...

आफ्नै शरीर र प्रजनन् ...

संजु कुमारी दास, लाहान, असार ३।  गोलबजार नगरपालिकाको १३ औं वडाका १४ देखी २० वर्ष उमेर समुहका ३४ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१