Siraha Times
ताजा समाचार

नव नियुक्त प्रदेश २ प्रमुख परियारलाई जनकपुरमा भव्य स्वागत

  • कार्तिक २०, २०७६
  • ७५५ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

सिरहा टाईम्स समाचारदाता- सिरहा, कातिक २० गते । प्रदेश २ का नव नियुक्त प्रदेश प्रमुख तिलक परियारलाई जनकपुरमा भव्य स्वागत भएको छ ।

मंगलबार(आज) बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका प्रदेश प्रमुख परियार बुधबार बिहान काठमाण्डौंबाट जनकपुर आएका हुन् ।

उनलाई जनकपुरमा भव्य स्वागत गरिएको छ । जनकपुर बिमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् ।

एयरपोर्टको भिआईपी कक्षमा काठमाण्डौं जान लागेका उप–प्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले समेत स्वागत गरे ।

उनले मिथिला नगरीमा प्रदेश प्रमुख बनेर आएकोमा बधाई दिदै स्वागत गरे । स्वागत गर्न प्रदेश २ का मुख्यसचिव दिपक सुवेदी, प्रदेश प्रहरी प्रमुख प्रद्युमन कार्की, प्रदेश २ का प्रदेश प्रदेशसभा सदस्यहरुले स्वागत गरेका थिए ।

प्रदेश प्रमुख परियारको स्वागतमा शहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया यादव लगायत स्थानीय तहका जनप्रतिनिधि सहित नेकपाका कार्यकर्ताहरुको बाक्लो भिड लागेको थियो ।

उनले आजै आफ्नो पदभार ग्रहण गरेका छन् । मधेश भवन भित्र रहेको प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरका हुन् ।

उनलाई भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले समेत स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१