Siraha Times
ताजा समाचार

लागु पदार्थ सेवन समयमै निराकरण गर्न नसकिएमा बिकराल रुप लिन्छ : युवा अभियन्ता यादव

  • कार्तिक १६, २०७६
  • २५२७ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

दिनदिनै बढदै गइरहेको लागू औषध सेवनका कारण प्रति जनकपुरका एक युवा जो अहिले देखि नै रोकथामको लागि पहल थालेको छ । समाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका धनुषा बिदेहनगरनगरपालिको वडा न ४ ठारही घर भएका राकेश यादवले लागू औषधको सेवन बढिरहेको प्रति दु:खद व्यक्त गरेका छन । भनिन्छ ‘‘आजका युवा पिंढी भविष्ययका कर्णधार हुन” राष्ट्रका मेरुदण्ड भनेका युवाशक्ति हुन” यो सत्यलाई मन्न् गरेर युवा पिंढी लागु पदार्थ दुव्र्यसनमा फस्नुको कारणहरु समयमै पहिचान र निराकरण गर्नका लागि हामीले सही सोच वनाउन नसकिएमा त्यसले विकराल रुप धारण गर्न सक्छ, वढ्दो शहरीकरणको प्रभाव सँगै अधुनिकताको नाममा यसको सेवन प्रवृत्ति वढेको छ । आज वास्तवमा नसालु वस्तु (सहजै प्राप्त हुने ) को सेवनलाई सामन्य व्यवहारका रुपमा हेरेको पाइन्छ । यसमा सानो उदाहरण हामी लिन सक्छौं, कसैले मदिराको पसल खोल्न वेच विखन गर्न, अनुमति माग्न जादाँ सम्बन्धित सरकारी निकाय (अधिकार प्राप्त व्यक्ति) ले यो पसल कहाँ खोल्ने हो ? विद्यालय कति दुरीमा छ ? मन्दिर कति दुरीमा छ ? अड्डअदालत सरकारी निकाय, प्रहरी कार्यालय कति दुरीमा छन् त्यो मदिरा पसल खोल्दा त्यहाँका अरु सर्वसाधरणलाई कति असर छ, भनिहेरेको पाइन्छ त ? यसको जवाफ खोई ? जिम्वेवारी निकाय को हो त ? हाम्रो जस्तो अर्ध शिक्षित र आर्थिक रुपले विपन्नहरुको बाहुल्य रहेको समाजमा के यो राम्रो पक्ष हो त ? देशका युवाहरु वैदेशीक रोजगारका शिल–शिलामा विदेशीनु वचे कुचेका युवायुवतीलाई लागु पदार्थमा मताउने, लठ्ठाउने लरबराउने बनाउनु । अनि सभ्य समुन्त समाजको कल्पना गर्ने, के यो हुन सक्छ त ? लागु पदार्थको नसामा रमाउने वावुआमाको सोचाई पनि मेरो सन्तान लागु पदार्थ नखाओसनै भन्दछन्, समाजमा प्रतिष्ठीत हुँ भनी व्राह्र मासे तास जुवाँ खेलाउनेले पनि मेरो छोराछोरी, जुवाडे बने र सम्पत्ति सकोस त नभन्दो होला । नसालु वस्तुको सेवन व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रकै लागि घातक हुन । लागु पदार्थको कारण देशको मुख्य श्रम शक्तिको दुरुपयोग भएको छ । समाजलाई असभ्य तुल्याउने परिवारिक सम्बन्ध विग्रार्ने, समय र पैसाको वर्वादी, प्राणघातक रोग निम्त्याउने, दिनानुदिन प्रयोगकर्ताको संख्या बढ्दो छ । छिमेक, टोल र समाज विकृति, विसंगती लुटपाट चोरी डकैत मौलाउँदो छ । देशको बदनामी, राष्ट्रिय पुँजीमा घाटा पुगी राष्ट्र निर्माणलाई असर परेको छ । साँच्चौ यि विषयमा सचेत नागरीकले एकपटक सोच्नै पर्छ । के लागु पदार्थ र हाम्रा युवायुवती के खेलौना हुन ? त्यसकारण युवा पिंढीलाई लागु पदार्थको दुव्र्यसन बाट टाढा राख्न समयमानै कदम चाल्न नसकिएमा यस वाट उत्पन्न हुनसक्ने क्षतीलाई कसरी मापन गर्ने ? यस विषयमा सम्बन्धित सरकारी निकायले ध्यान दिनै पर्छ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१