Siraha Times
ताजा समाचार

सिरहामा छठ पर्वको लागि युवाहरु पोखरीलाई झकिझकाउ बनाउदै

  • कार्तिक १६, २०७६
  • ११०० पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरबरिया ,सिरहा कार्तिक १६ गते । कार्तिक शुक्ल षष्ठी अर्थात कार्तिक १६ गतेका दिन तराई मधेश सहित देशभर छठ पर्व मनाईदै छ । छठ पर्व मनाउनका लागि सिराहा जिल्ला लगायत विभिन्न जिल्लाहरुमा छ्ठको चहलपहल बढेको छ ।
 
सिरहा नगरपालिकामा पनि त्यति नै पोखरीलाई स्थानीय युवाहरुले चिटिक्क बनाएका छन । युवाहरु द्वारा पोखरीको पानी सहित डिलमा रहेको झारपात सहितको जंगल र पोखरीमा रहेको जलकुम्भीलाई सरसफाई गरेका छन । छठ पर्वका लागि विभिन्न घाट बनाएर त्यसमा लिपपोत अहिले चिटिक्क बनाउन युवाहरु जुटेका छन ।
 
छठ मनाउन तयार पारिएको पोखरीको डिलमा केराको थम्भ गाडेर विभिन्न आर्कषक झिलीमिली विद्युतिय बल्ब लगाएर दुल्हिन झै सजाएको छ । सिरहा नगरपालिकामा रहेको हजारौँको संख्यामा श्रद्धालुहरु आएर छठ पर्व मनाउने गरिन्छ ।
 
त्यस्तै सिरहा नगरपालिकाको अन्य ठाउँमा रहेको पोखरी ,तलाउ ,नदिलाई सिँगारीएको छ । यस क्षेत्रमा पोखरी र नदीमा छठ पर्व मनाइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१