Siraha Times
ताजा समाचार

धार्मिक आवरणमा हिंसा गर्नेहरु कारवाहीको दायरामा आउने : गृहमन्त्री थापा

  • चैत २७, २०७४
  • ७८७ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

काठमाडौँ/ गृहमन्त्री रामबहादुर थापाले पछिल्ला दिनमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएकाले तिनलाई सरकारले कारवाहीको दायरामा ल्याउने स्पष्ट पार्नुभएको छ ।गत आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोली प्रहारको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज मन्त्रालयमा ४८ धार्मिक संघसंस्थाका तर्फबाट ज्ञापनपत्र बुझाउन आएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री थापाले घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परिसकेको र अन्यबारे खोजवीन जारी रहेको बताउनुभयो ।

सो घटनाले आफूलाई दुखित तुल्याएको छ भन्दै गृहमन्त्रीले घटनामा संलग्नको पहिचान गरी कारवाहीको दायरामा ल्याउन आफूले सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, ‘‘जातीयता र धर्मका नाममा सबैलाई जुधाएर देशलाई अस्थिरतातर्फ लैजान केही तत्व सक्रिय भएका छन्, उनीहरुलाई कारवाहीको दायरामा ल्याइनेछ ।’’

प्रतिनिधिमण्डलको मागबमोजिम घाइते आचार्यको उपचारको खर्च सरकारले व्यहोर्न आवश्यक प्रक्रिया अगाडि बढाइने समेत उहाँले बताउनुभयो ।प्रतिनिधिमण्डलले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने, घटनाको छानवीन गर्न आयोग गठन गरिनुपर्ने, सनातन हिन्दूधर्म र धर्मावलाम्बीमाथिको आक्रमण रोकिनुपर्ने, घाइते आचार्यको उपार खर्च सरकारले व्यहोर्नुपर्ने लगायत माग राखेको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१