शहिदनगरमा नया कार्यको थालनी स्व.दासको सम्झनामा बृक्षा रोपन

  • असोज ६, २०७६
  • १४७१ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरबरिया असोज ६ गते ।धनुषाको शहिदनगर नगरपालिकाको वडा न.८ बिसरभोराका स्व. रामचन्द्र दासको भदौ २५ गते असायमिक निधनको १३ औं पुन्यतिथीमा उनको सम्झनामा पहिल चोटि बृक्षा रोपन गरि नया सुभ कार्यको थालनी भएको छ ।

नेकपाका पार्टीका एक सच्चा ईमानदार व्यक्ति पार्टीले गुमाएको छ पार्टी प्रति वफादार लगनशील भएर काम गर्दै आएका थिए ।हरेक पार्टीका कार्यक्रमहरुमा उहाको उपस्थिति अनिवार्य जनाउदै आएका थिए ।

नेकपा पार्टी शहिदनगर नगरपालिका मेयर उदय बरबरिया यादवको पहलमा सामुहिक भोजको व्यवस्थापन गरिएको थियो भने शहिदनगर नगरपालिकाकाले आयोजना गरेको बृक्षा रोपन तथा पर्यावरण बचाउ अभियानलाई निरंतरता दिदै नव कार्यको शुभआरम्भ भएको हो ।

दासको सम्झनामा शहिदनगर नगरपालिकाका- ८ डुमरिया चौक देखि बिसरभोरा गाउँ सम्म बृक्षा रोपन गरिएको छ । नगरका कान्छो मेयर उदय कुमार बरबरियाले स्व .रामचन्द्र दास प्रति हार्दिक श्रद्धाञ्जली दिदै शोक सन्तप्त परिवारजनलाई धैर्य धारण गर्न ईश्वर संग प्राथना गरेका थिए ।साथै उहाकै सम्झनामा प्रथम पटक नव कार्य थालनी गरेका छन ।आजको भएको बृक्षा रोपनले हरियाली युक्त बनाउन पर्यावरण संरक्षणका लागि नमूना कामको शुरूवात भएको मेयर बरबरियाले बताएका छन ।

बृक्षा राेपनले धर्ती र प्राकृतिकको सम्मान पुग्ने समेत उनले थपे ।मृतक प्रती एक मिनेट मौन धारण र तस्बिरमा फुल ,अविर टीका लगाइ माल्यअर्पण गरिएको थियो । उक्त श्रद्धाञ्जली सभामा कार्यक्रममा नगरपालिकाकी उप-मेयर शिला देवि कापर, वडा न.८ का वडा अध्यक्ष तनुकलान कुसियैत,वडा न.२ का वडा अध्यक्ष जैसीलाल भिनवार,वडा न.९ का वडा अध्यक्ष रामदेव मरिक,वडा न.६ का वडा अध्यक्ष रामएकवाल मण्डल कमला बचाउ अभियानी बिक्रम यादव,पोषण प्रमुख रुपेश बिराजी,पत्रकार नरेशचन्द्र बरबरिया लगायत स्थानीय युवाहरुको सक्रिय सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

(एल.एल.बी) प्रवेश पर ...

विष्णुदेव सरदार / सिराहा, असार ४ गते । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सप्तरीको महेन्द्र ...

लहान वडा नं. ९ को नय ...

ओम प्रकाश यादव लहान, असार ४ । हिजो लहान नगरपालिका वडा नं. ९ मा निर्माणाधीन वडा कार्यालय भवनको छत ढला ...

आफ्नै शरीर र प्रजनन् ...

संजु कुमारी दास, लाहान, असार ३।  गोलबजार नगरपालिकाको १३ औं वडाका १४ देखी २० वर्ष उमेर समुहका ३४ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१