नरेशचन्द्र बरबरिया असोज ५ गते ।"कमला बचाउ अभियान "अन्तर्गत शनिबार धनुषाको कमला नगरपालिकामा बृक्षा राेपन कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश २ नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले कमलालाई नदीको रुपमा मात्र नबुझेर मानव सभ्यताको रुपमा अध्ययन र संरक्षण गर्नुपर्ने बताएका छन् ।विक्रम यादवको नेतृत्वमा सञ्चालित कमला बचाउ अभियान अन्तरगत शनिबार कमला नगरपालिका –७, हथमुण्डामा आयोजित चेतना शिविरलाई सम्बोधन गर्दै झाले कमलाको महत्व स्थानीय बासिन्दाले बझ्न आवश्यक रहेको र यसका लागि अभियानको निरन्तरतामा जोड दिए ।
शिविरमा शहिदनगर नगरपालिकाका प्रमुख उदयकुमार बरबरिया यादवले कमला बचाउ अभियानमा आफु एक सदस्यको रुपमा अनवरत खटिरहने प्रतिबद्धता जाहेर गरे । कमला बचाउ अभियानलाई अझ उचाइमा पु¥याउन निकट भविष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर योजना अघि बढाउने उनले बताए । ‘म कुनै नगरपालिकाको मयेर हुँला, तर, त्यसभन्दा पनि कमला बचाउ अभियानीको रुपमा म आफुलाई चिनाउन चाहन्छु’ उनले भने ।
कमला नगरपालिकाका प्रमुख रामउद्गार गोइतले कमला नदी बचाउ अभियानलाई प्रभावकारी बनाउन कमला नदीसँग टाँसिएर रहेका विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुको वडामा समन्वय तथा चेतनामुलक अन्तरक्रिया कार्यक्रम गर्न सुझाए । शिविरमा अभियानी विक्रम यादव, सहायक वन अधिकृत सुरेश शर्मा, वडा अध्यक्षहरु तपेश्वर यादव र समसुल मियाँ लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
सप्तरीको सीमावर्ती क्षेत्रमा प्रहरीमाथि आक्रमण : सुरक्षाकर्मी नै असुरक्षित, स्थानीय सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved