Siraha Times
ताजा समाचार

शहिद सूर्यनाथ रानको ३४ औं स्मृतिसभामा शिक्षामन्त्री पोखरेल डुमरिया आउँदै

  • असोज २, २०७६
  • १५२३ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

धनुषा असोज २ गते । । महान क्रान्तिकारी र सर्वहारा नेता मानिएको शहिद सूर्यनाथ रानको ३४ औं स्मृति सभालाई सम्बोधन गर्न नेपाल सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेल धनुषा आउने भएका छन् ।

 

धनुषाको शहिदनगर नगरपालिकाको वडा नं. ८ डुमरिया चोकमा मन्त्री पोखरेलले शहिद सूर्यनाथ रानको ३४ औं स्मृति सभालाई सम्बोधन गर्ने शहिदनगर नगरपालिकाका मेयर (कान्छो मेयर) उदय कुमार बरबरियाले जानकारी दिए । असोज ४ गते शनिबार दिउँसो १ बजेदेखि डुमरिया चोकमै धनुषावासीलाई सम्बोधन गर्ने जनाइएको छ ।

 

मेयर बरबरियाले सर्वहारा वर्गको धरोहर तथा सदाबहार वर्गको महान क्रान्तीकारी नेताको रुपमा पञ्ततत्वमा विलिन भएका शहिद सूर्यनाथ क्रान्तीकारीहरुको लागि एक पाठ र उदेश्यझैं बनेको बताए ।  उनले भने, - "जब सम्म क्रन्तिकारीहरु रहन्छ, तब सम्म सुर्यनाथ रान यादवलाई हामीले समान गरिराख्ने छौं , हामी क्रन्तिकारीहरुको एकताले पार्टीमा उर्जा थपेको छ ।"

नेपाल कम्यूनिष्ट पार्टी शहिदनगरले आयोजना गर्न लागेको ३४ औं स्मृति सभालाई सम्बोधन गर्न शिक्षा मन्त्री पोखरेल स्वयंम आउने भएपछि जनसहभागीता समेत मोटो हुने विश्वास लिएको छ । गणतन्त्र ल्याउन आफ्नो ज्यानको आहुति दिएका शहिद सूर्यनाथ रानको स्मृतिमा धनुषाको डुमरिया चोकै १५ सैयाको अस्पताल समेत निर्माण गरिएको छ ।  

कैयौँ बर्षदेखि निर्माणधीन र जीर्ण अवस्थामै रहेका उक्त अस्पतालको लागिगत वर्ष मात्र मन्त्रीपरिषद बैठकले डुमरियामा निर्मित अस्पताल भवनमा प्राथमिक तहको १५ शैयाको अस्पताल स्थापना गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय  गरेको हो ।  सो अस्पतालको नाम शहीद सुर्यनाथ रान यादव स्मृति अस्पताल राखिनेछ । नेकपाका केन्द्रिय सदस्य जोग नारायण बरबरिया (श्रवण बरबरिया) को विशेष पहलमा उक्त अस्पताल निर्माण लगायत नामाकरण परिवर्तन भएको हो,  साथै आउदो असोज ४ गते सुर्यनाथ रान स्मृति अस्पतालको उदघाटन हुने तय भएको धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले  जानकारी दिए ।

 

उक्त अस्पतालको निर्माण र सँचालनपछि पूर्वी धनुषाको सर्वसाधारणको लागि सँजीवनी साबित हुने विश्वास लिइएको छ । १५ सैयाको अस्पताल सँचालन भएपछि त्यस भेकका जनताहरुले प्रत्यक्ष लाभान्वित हुने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१