धनुषा,भदौ ८ गते । प्रदेश न मै पहिलो पल्ट शहिदनगर नगरपालिका भित्रका सामुदायिक शिक्षक दरबन्दी मिलान गरेको छ । स्थानीय तह सँचालन ऐन २०७४ लागू गर्दै शिक्षा तर्फ दरबन्दी मिलान गरिएको छ ।
नगर प्रमुख उदय कुमार बरबरिया ९यादव० ले दिएको जानकारी अनुसार स्थानीय तह सँचालन ऐन २०७४ ले स्थानीय तहलाई शिक्षा सँचालनका लागि तोकेको विभिन्न २३ वटा अधिकार र कार्यक्षेत्र अन्तर्गतको दरबन्दी मिलान बुंदालाई लागू गरिएको छ ।
नगरभित्र रहेको प्रावि, निमावि र मावि स्तरका समुदायिक विद्यालयहरुमा शिक्षक शिक्षिका तथा कर्मचारीहरुको दरबन्दी मिलान गरिएको जनाइएको छ । नगरपालिका भित्र रहेको ३ वटा मावि, ५ वटा निमावी र २६ वटा प्रावि गरी जम्मा ३४ वटा समुदायिक विद्यालय सँचालन रहेकोमा सबैमा दरबन्दी मिलान गरिएको हो ।
मावि विद्यालय तर्फ २१ जना, निमावि तर्फ १४ जना, प्रावि तर्फ ९२ जना र बाल विकास तर्फ ५८ जना गरी जम्मा १ सय ८५ शिक्षक कार्यरत रहने गरी दरबन्दी मिलान गरिएको हो । ३४ वटै विद्यालय मध्ये ७ वटा विद्यालयमा बाल विकास तथा राहत शिक्षकको भरमा सँचालन हुँदै आईरहेकोमा उक्त विद्यालयरुमा कम्तिमा पनि १ जना स्थायी शिक्षक हुने गरी दरबन्दी मिलान गरिएको जनाइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइको गत वि।सं। २०७५ फागुन १७ गतेको निर्णय अनुसार तथा स्थानीय सरकार सँचालन ऐन २०७४ ले स्थानीय तहलाई शिक्षा सँचालनका लागि विभिन्न २३ वटा अधिकार तथा कार्यक्षेत्र तोके बमोजिम दरबन्दी मिलान गरिएको हो
शिक्षाको गुणस्तरियता बढाउनको लागि नगरभित्रको विद्यालयहरुमा दरबन्दी मिलानको आवश्यकतालाई मध्यनजर गर्दै मेयर उदय कुमार बरबरियाले दरबन्दी मिलान कार्यलाई मूर्तरुप दिन सफल भएका छन् । शहिदनगर नगरपालिकाको शिक्षा समितिको गत साउन २२ गतेको निर्णय अनुसार दरबन्दी मिलान गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
सप्तरीको सीमावर्ती क्षेत्रमा प्रहरीमाथि आक्रमण : सुरक्षाकर्मी नै असुरक्षित, स्थानीय सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved