नरेशचन्द्र बरवरिया भदौ ८ गते । सिरहामा एक पुरुषको वेवारिसे शव फेला परेको छ । सिरहा नगरपालिकाको वडा न.१६ खिरौना चौक स्थित एक पुरुषको शव मृत अवस्थामा भेटिएको हो । सिरहा नगरपालिका १५ का अन्दाजी ४० वर्षीय सुरेश साफी आईतबार विहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहराले जानकारी दिए ।
एकाविहानै स्थानीयवासीले साफीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पुरुषको शव रहेको घटनास्थलको प्रकृति हेर्दा अत्याधिक मात्रामा मदिरा सेवनको कारणले मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएपनि मृतकको मुखबाट रगत बगेको देखिएका कारण अनुसन्धानपछि मात्र केही भन्न सकिने डिएसपी बोहराले बताए ।
मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा ल्याइएको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
सप्तरीको सीमावर्ती क्षेत्रमा प्रहरीमाथि आक्रमण : सुरक्षाकर्मी नै असुरक्षित, स्थानीय सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved