Siraha Times
ताजा समाचार

बलात्कार

  • चैत २५, २०७४
  • ८६२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

ऐ डाक्टर 
तिमिलाई मेरो योनिको रस चाहियो ?
चेक गर्नको लागि 
म बलात्कार भऐकि छु वा छैन भनेर
डाक्टर 
तिमिले अफ्नो DNA चेक गराएको छैन होला 
आज सम्म तिम्रो बुवा र छोराको नाता
मात्र विश्वासमा टिके छ ।
के थाहा तिम्रो आमा पनि बलात्कार भएर 
चुपचाप तिमिलाई जन्म दिऐकी छ होला ।
म बलात्कार भएकी महिला 
मेरो आँखामा हेर 
बलात्कारीको फोंटो मेरो आँखामा झल्की रहेछ
छ तिम्रो ल्याबमा मेरो आँखाबाट 
ती बलात्कारीहरुका फोटो निकालने मेसीन ?
म दिन योनिको रस 
कदापि दिन 
म एकचोटि बलात्कार भइसकेकी छु
म दिन योनिरस तिम्रो ल्याबमा फेरि बलात्कार हुनकोलागी 
ऐ संसार भरीका न्यायाधीश 
अब तिम्रो अदालतमा पनि न्याय छै
मैले सुनेछु तिमिले हरेक प्राणीका 
पाप र धर्म हेरिरहेका हुन्छौ रे
खै त मलाई बलात्कार गर्ने पापीलाई हेरेको
मैले यो पनि सुनेछ मान्छे मरे पछि न्याय गर्छौं तिमी क्यारे 
हो म मरे पछि न्याय दिनेछौं तिमिले मलाई
मैले माने
तर
म माथी लागेको कलंक हटाउन सक्छो तिमी ।
छैन होला 
न्याय गर्न सक्दैन भने
म महिलाको एउटा अर्को उपमा पनि छ नागिन
मेरो शरीर भरी बिष भरीदे 
म आफ्नो न्याय आफै गर्न सक्छु
नत्र फेरि भन्ने छु
संसार रचिता तिम्रो अदालतमा पनि न्याय छैन अब

राम सोगारथ यादव

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१