Siraha Times
ताजा समाचार

सिरहाको गदियानीमा नागरिकको आँगनमै सीमा स्तम्भ: वास्तविकताबारे बहस चुलिँदो

  • जेठ १८, २०८३
  • ४२२ पटक पढिएको
  • रहमुल
alt

विनोद अविरल, जेठ १८,​सिरहा । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने सिरहा नगरपालिका वडा नम्बर २० गदियानीका स्थानीय ज्ञानी मुखियाको घरको आँगनमै सीमा स्तम्भ (पिलर) फेला परेपछि सीमा सुरक्षा र नागरिकको राष्ट्रियताको विषय फेला परेको छ । आफ्नो परापूर्व कालदेखिको जग्गा र घरको आँगनमै अन्तर्राष्ट्रिय सीमा स्तम्भ गाडिएपछि मुखिया परिवार मात्र होइन, सम्पूर्ण गदियानी गाउँ नै अन्योल र त्रासमा बाँच्न बाध्य भएको छ । ​

​विगत लामो समयदेखि भोगचलन गर्दै आएको र नेपाल सरकारलाई मालपोत तिर्दै आएको जग्गामा सीमा जोडिएका कारण स्थानीय नागरिकहरू मारमा परेका छन् । ​यस विषयलाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा व्यापक चर्चा भइरहेको छ । कतिपयले यसलाई नेपालको भूभाग मिचिएको रूपमा हेरेका छन् भने कतिपयले प्राविधिक नक्सांकनको त्रुटि ठानेका छन् । ​

​यसै विषयलाई जोडेर समानानिय प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसद्मा झुठो वा सही बोलेको भन्ने चर्चा पनि उठ्ने गरेको छ । ज्ञानी मुखियाको आँगनमा सीमा स्तम्भ हुनु एउटा गम्भीर र संवेदनशील यथार्थ हो । यस्ता प्राविधिक र कूटनीतिक समस्याहरूलाई राजनीतिक स्टन्ट वा हल्लाका भरमा भन्दा पनि नेपाल र भारतका प्राविधिक टोलीहरू (Joint Boundary Committee) मार्फत तथ्य र पुराना नक्साका आधारमा समाधान गरिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

बाढीपीडितका लागि एनआ ...

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकक ...

वर्षौ देखिको अवरोध त ...

ओम प्रकाश यादव सप्तरी, भदौ १४ । सप्तरीको बलानबिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गरहाइ जनता ...

स्थगित परीक्षा पुनः ...

ओम प्रकाश यादव लहान , भदौ १३ । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गरहाई जनता माध् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१