Siraha Times
ताजा समाचार

खडक नगरपालिका वडा नं. ११ बाल श्रम मुक्त वडा घोषणा

  • जेठ १४, २०८३
  • ४३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, जेठ १४ । खडक नगरपालिका वडा नं. ११ लाई औपचारिक रूपमा “बाल श्रम मुक्त वडा” घोषणा गरिएको छ। वडा बाल मैत्री समिति, खडक नगरपालिका वडा नं. ११ को आयोजनामा सम्पन्न विशेष कार्यक्रममा बालबालिकाको हक, अधिकार र सुरक्षित भविष्य सुनिश्चित गर्ने उद्देश्यसहित वडा कार्यालय परिसरमा उक्त घोषणा गरिएको हो। कार्यक्रममा सबल नेपाल, सेव द चिल्ड्रेन तथा खडक नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले सहयोग तथा सहकार्य गरेका थिए।

कार्यक्रमका सभाध्यक्ष वडा अध्यक्ष राम कृष्ण चौधरीले बालबालिकालाई श्रममा होइन, शिक्षामा जोड्नुपर्ने आवश्यकता औंल्याउँदै वडा नं. ११ लाई बाल श्रममुक्त बनाउनु सम्पूर्ण वडावासीको साझा उपलब्धि भएको बताए। उनले बालबालिकाको अधिकार संरक्षणका लागि आगामी दिनमा समेत वडा कार्यालय प्रतिबद्ध रहने उल्लेख गर्दै कुनै पनि बालबालिका श्रममा संलग्न भएको पाइए कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिए।

कार्यक्रमका प्रमुख अतिथि तथा खडक नगरपालिकाका प्रशासन शाखा प्रमुख रमाकान्त चौधरीले बालश्रम समाजको गम्भीर समस्या भएको उल्लेख गर्दै यसको अन्त्यका लागि स्थानीय तह, अभिभावक, विद्यालय तथा सामाजिक संघसंस्थाहरूको सहकार्य अत्यावश्यक रहेको बताए। उनले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि शिक्षामा पहुँच, सुरक्षित वातावरण र सामाजिक चेतनाको विकास आवश्यक रहेको धारणा राखे।

विशिष्ट अतिथि बाल कल्याण अधिकारी अनिता कुमारी शाहले बालबालिकाको अधिकार सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइन्। उनले बालश्रम न्यूनीकरणका लागि खडक नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै बालबालिकामाथि हुने कुनै पनि प्रकारको श्रम शोषण सह्य नहुने स्पष्ट पारिन्।

कार्यक्रमको सञ्चालन नगर बाल क्लब सञ्जालका अध्यक्ष शिव शंकर मण्डलले गरेका थिए। उनले बालमैत्री समाज निर्माणका लागि बालबालिकाको सहभागिता महत्वपूर्ण रहेको उल्लेख गर्दै बाल क्लबमार्फत जनचेतना फैलाउने अभियानलाई निरन्तरता दिइने बताए।

कार्यक्रममा सबल नेपालका अशोक कुमार साहले बालश्रम अन्त्यका लागि सामाजिक तथा आर्थिक रूपान्तरण आवश्यक रहेको बताए। उनले समुदायमा जनचेतना अभिवृद्धि, विद्यालय भर्ना अभियान तथा बाल अधिकारसम्बन्धी कार्यक्रममार्फत बालश्रम न्यूनीकरणमा सहयोग पुर्‍याइएको जानकारी दिए।

त्यसैगरी नगर युवा सञ्जालका रकिराज प्रभात चौधरी, वडा युवा सञ्जालका राधेश्याम साह तथा वडा सचिव राजिव कुमार कर्णले बालबालिकालाई श्रमबाट मुक्त गराएर शिक्षातर्फ उन्मुख गराउनु आजको आवश्यकता भएको धारणा व्यक्त गरे। उनीहरूले बालमैत्री वातावरण निर्माणमा सबै सरोकारवालाले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए।

कार्यक्रममा वडा सदस्यहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, बाल क्लब सञ्जाल, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्वास्थ्य शाखाका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा बाल अधिकारसम्बन्धी सचेतनामूलक सन्देश प्रवाह गरिएको थियो भने बालश्रम विरुद्ध सबै मिलेर अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। सहभागीहरूले बालबालिकालाई श्रममा लगाउनु कानुनी अपराध भएको भन्दै विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सामूहिक पहल आवश्यक रहेको बताएका थिए।

खडक नगरपालिका वडा नं. ११ लाई बाल श्रम मुक्त वडा घोषणा गरिनु स्थानीय तहमा बाल अधिकार संरक्षणका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। कार्यक्रमले बालबालिकाको शिक्षा, सुरक्षा तथा समग्र विकासमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

लहानका मेयर महेश चौध ...

विनोद अविरल, जेठ १३ ​लहान, जेठ । नेपाल सरकारले सिरहाको लहान नगरपालिकाका प्रमुख (मेयर) महेश चौधरीलाई ...

सशस्त्र प्रहरी बलको ...

रहमुल सिरहा, १३ जेठ । सशस्त्र प्रहरी बल नेपालको १९ औँ स्थापना दिवस सिरहामा भव्य तथा उल्लासपूर्ण वाता ...

कृषि आधुनिकीकरणतर्फ ...

रहमुल, लहान १३ जेठ । सिरहाको नवराजपुर गाउँपालिका वडा नं. १ गैरूहामा कृषकहरूलाई आधुनिक कृषि प्रणालीतर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१