Siraha Times
ताजा समाचार

गोलबजारको गोला धमनी थान परिसरमा फेला परे पुरातात्विक सामग्री: संरक्षणका लागि निकायहरूको ध्यानाकर्षण जरुरी

  • जेठ १०, २०८३
  • ७२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

​विनोद अविरल गोलबजार (सिराहा), १० जेठ । ​सिराहा जिल्लाको गोलबजार नगरपालिका वडा नं. ३, गोलास्थित ऐतिहासिक एवं धार्मिक स्थल 'धमनी थान' परिसर वरिपरि प्राचीन तथा पुरातात्विक महत्वका सामग्रीहरू फेला परेका छन् । ​स्थानीयस्तरमा अध्ययन र अवलोकनका क्रममा उक्त क्षेत्रमा तत्कालीन समयमा युद्धमा प्रयोग हुने हातहतियार तथा दैनिक जीवनमा प्रयोग हुने सामग्रीहरू फेला परेका हुन् ।

फेला परेका वस्तुहरूमा प्राचीन स्वरूपका भाला, हँसिया, विभिन्न प्रकारका मालाहरू र युद्धकालीन समयका अन्य ऐतिहासिक सामग्रीहरू रहेका छन् । ​धमनी थान आसपासको क्षेत्रमा यसरी खुला रूपमा बहुमूल्य पुरातात्विक वस्तुहरू भेटिनुले यस क्षेत्रको ऐतिहासिक र सामरिक महत्व उच्च रहेको संकेत गर्दछ । विज्ञहरूका अनुसार यी सामग्रीहरू कुन कालखण्डका हुन् र यस क्षेत्रको इतिहाससँग कसरी जोडिएका छन् भन्नेबारे विस्तृत अनुसन्धान हुन जरुरी छ । ​ ​

स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले यी बहुमूल्य ऐतिहासिक धरोहरहरू अलपत्र अवस्थामा फेला परिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यस्ता पुरातात्विक सामग्रीहरूको उचित संरक्षण, उत्खनन र वैज्ञानिक अनुसन्धानका लागि पुरातत्व विभाग, गोलबजार नगरपालिका तथा स्थानीय प्रशासनको तत्काल ध्यानाकर्षण हुनुपर्ने देखिन्छ । समयमै संरक्षण नगरिए यी ऐतिहासिक प्रमाणहरू हराएर वा नष्ट भएर जाने खतरा बढेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहाको पहिलो ‘साक्ष ...

ओम प्रकाश यादव लहान, असार २४ । सिरहाको लहान नगरपालिका औपचारिक रूपमा जिल्लाकै पहिलो साक्षर नगरपालिका ...

औरही गाउँपालिकामा शि ...

रहमुल,लहान , २४ असार सिरहाको औरही गाउँपालिकाले शिक्षा, कृषि तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकताम ...

विश्व भलिबल दिवस विभ ...

ओम प्रकाश यादव लहान, असार २३ । "राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" तथा "खेली मधेस, जिति ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१