Siraha Times
ताजा समाचार

सिराहामा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला; उत्खनन र संरक्षणका लागि सरोकारवालाको ध्यानाकर्षण 

  • जेठ १०, २०८३
  • ७७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल,सिराहा जेठ १० । सिराहाको गोलबजार नगरपालिका वडा नं. १ स्थित मूकसार गढीमा पौराणिक कालीन इँटा तथा ऐतिहासिक महत्त्वका पुरातात्विक वस्तुहरू फेला परेका छन् । स्थानीय मूकसार गढी क्षेत्रमा भेटिएका यी भग्नावशेष र इँटाहरु करिब १२ सय वर्ष पुराना हुन सक्ने अनुमान गरिएको छ ।

​ऐतिहासिक तथा पुरातात्विक दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिएको यस गढी क्षेत्रमा पुराना इँटा, प्राचीन संरचनाका अवशेष र अन्य ऐतिहासिक सामग्रीहरू समेत भेटिन सक्ने अनुमान गरिएको छ । स्थानीय स्तरमा प्राकाट्य भएका यी ऐतिहासिक प्रमाणहरूले यस क्षेत्रको प्राचीन सभ्यता र इतिहासलाई उजागर गर्ने बलियो आधार दिएका छन् । ​उक्त स्थानमा बहुमूल्य पुरातात्विक वस्तु भेटिए पनि सम्बन्धित निकायको पर्याप्त ध्यान नपुग्दा ती ऐतिहासिक धरोहरहरू असुरक्षित बन्दै गएका छन् । 

समयमै उत्खनन, अध्ययन र संरक्षण नगरिए प्राचीन इतिहास बोकेका यी सम्पदाहरू सदाका लागि नष्ट हुन सक्ने खतरा बढेको छ । ​यस ऐतिहासिक स्थलको गम्भीरता र संवेदनशीलतालाई बुझेर नेपाल सरकारको पुरातत्व विभाग, स्थानीय सरकार तथा सरोकारवाला निकायले तत्कालै विशेष टोली खटाई अनुसन्धान र संरक्षणको कार्य अगाडि बढाउनु पर्ने टड्कारो आवश्यकता देखिएको छ । स्थानीय बासिन्दा तथा बुद्धिजीवीहरूले पनि यस मूकसार गढीको ऐतिहासिक रहस्य पत्ता लगाउन र यसलाई पर्यटकीय एवं ऐतिहासिक क्षेत्रका रूपमा विकास गर्न राज्यको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

बाढीपीडितका लागि एनआ ...

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकक ...

वर्षौ देखिको अवरोध त ...

ओम प्रकाश यादव सप्तरी, भदौ १४ । सप्तरीको बलानबिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गरहाइ जनता ...

स्थगित परीक्षा पुनः ...

ओम प्रकाश यादव लहान , भदौ १३ । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गरहाई जनता माध् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१