Siraha Times
ताजा समाचार

प्रहरी चौकी कि असुली केन्द्र ? सिर्सियामा गुप्ता–जिम्बा जोडीमाथि प्रश्न

  • जेठ ७, २०८३
  • ६८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया वीरगंज ७ जेठ । वीरगंज स्थित प्रहरी चौकी सिर्सियामा कार्यरत घुमुवा प्रहरी सहायक हवल्दार नरेश गुप्ता माथि तस्करी संरक्षण गर्दै आर्थिक आतंक मच्चाएको गम्भीर आरोप लाग्न थालेको छ । स्थानीय स्रोतका अनुसार गुप्ताको संरक्षणमा अलौं, सिर्सिया तथा खल्लवाटोला सिर्सिया नाकाबाट लत्ताकपडा, हार्डवेयर, मोटर पाट्र्स, काजु, कस्मेटिक सामग्री, भैंसी, ब्याट्री, मदिरा लगायतका सामानको अवैध तस्करी निर्बाध रूपमा सञ्चालन भइरहेको छ ।

प्रहरी चौकी सिर्सियाका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बा रहेको सो चौकीमा गुप्ता विगत करिब ८ महिना देखि कार्यरत छन् । चौकी मातहतका खल्लवाटोला सिर्सिया, बगैचाको बाटो र अलौं नाकाबाट ठूलो परिमाणमा अवैध सामान नेपाल भित्रिने गरेको स्थानीय प्रत्यक्षदर्शीहरुको भनाई रहेको छ । स्थानीय व्यापारी र सर्वसाधारणले गुप्तामाथि साना व्यापारीलाई डर–त्रास देखाएर रकम असुल्ने तथा घरायसी प्रयोजनका सामान समेत नियन्त्रणमा लिने गरेको आरोप लगाएका छन् ।

घुमुवा गुप्ताले आफुलाई “सिंघम प्रहरीको” उपनामले परिचित गराउन दिनहुँ सिमानाकाहरुमा पुगी सर्वसाधारण नागरिकलाई त्रसित बनाई रहेको बताईन्छ । उनी सिमानाकाको छेउमा रहेको पसलहरुमा बसी “मेरो पावर तपाईहरुलाई थाहा छैन, मेरो सम्बन्ध प्रहरी हेडक्वाटर सम्म छ, म जे गरे पनि मलाई जिल्लाको एसपी, डिएसपीले केही गर्न सक्दैनन” भनि पसलेहरुलाई थर्काउदै पैसा नै नतिरी होटल र पसलहरुबाट सामानहरु लिने गरेको एक पिडित पसलेले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।

स्रोतका अनुसार विभिन्न तस्कर समूह सँग मासिक रकम लिएर “ग्रीन सिग्नल” दिने गरेको कारण रातभरि तस्करी मौलाउँदै गएको छ । खल्लवाटोला सिर्सिया नाका हुँदै कपडा, कबाड, सुर्तीजन्य सामग्री, किराना सामग्री, प्रतिबन्धित माछा लगायतका सामान भित्रिने गरेको बताइएको छ । त्यस्तै भारतीय पक्षका केही तस्कर समूहले साइकल तथा मोटरसाइकल प्रयोग गरी दैनिक रूपमा सामान ओसारपसार गरिरहेको स्थानीयहरुको भनाइ रहेको छ ।

स्थानीयवासीका अनुसार गुप्ताले आफू प्रहरी चौकीका इन्चार्ज वरिष्ठ सई जिम्बाको “दाहिने हात” भएको भन्दै धाकधम्की देखाउँदै रकम असुली गरिरहेका छन् । उक्त क्षेत्रबाट दैनिक लाखौं मूल्यको कपडा, मोटर पाट्र्स, रजनीगन्धा, हार्डवेयर तथा सुर्तीजन्य सामग्री अवैध रूपमा नेपाल भित्रिने गरेको स्रोतको दाबी रहेको छ । प्रत्यक्षदर्शीहरूका अनुसार उनी रातिको समयमा स्वयं नाकामा पुगेर तस्करीको सामान ‘स्कर्टिङ’ गर्दै कटाउने कार्यमा संलग्न रहने गरेका छन् । यसैबीच, आईसीपी क्षेत्र आसपास रहेका होटल तथा मदिरा पसलहरुमा खुल्लेयाम रुपमा बेश्यावृति भईरहेको स्थानियहरुले गुनासो गरेका छन् ।

सो बेश्यावृति भईरहेको बारे बारम्बार प्रहरी चौकीलाई जानकारी गराउँदा समेत प्रहरीले सो कार्यलाई बन्द गराउनुको साटो घुमुवा गुप्ताले सो पसलहरुबाट मासिक रूपमा ५ हजार देखि १० हजार रुपैयाँसम्म असुली गर्ने गरेको समाचार स्रोतको दाबी रहेको छ । सो खाजा पसलेहरुले भारतीय गाडीका चालक तथा सहचालकहरुलाई खाजा खुवाउने बहानामा वेश्यावृतिमा संलग्न गराई लुटनसम्म लुटीरहेको जनाईएको छ । बरिष्ठ सई जिम्बाले आईसिपी गेट अगाडि रहेको चौधरीको एक खाजा पसल अगाडि आफ्नो चारचक्के गाडी खडा गरि दिनभरी त्यही बस्ने गरेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

उनी दिनभरी त्यहाँ बस्दा होटलहरुमा हुने अवैध देहव्यपार मज्जाले नियल्छन् । तर पनि उनी कहाँ आउने महिनवारी रकमको लोभमा थप प्रसय दिईरहेको स्थानियहरुको गुनासो रहेको छ । प्रहरी सहायक हवलदार गुप्ता जस्ता केही प्रहरी कर्मचारीहरुले पुरै प्रहरी संगठनलाई बदनाम गर्दै हिड्दा पनि यस तर्फ प्रहरी संगठनको माथिल्लो निकायको ध्यान नजानुले स्थानियहरु आश्चर्यमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१