Siraha Times
ताजा समाचार

लहान–१५ मा संरक्षण परियोजनाअन्तर्गत पोखरी निर्माण सुरु मेयर चौधरी र वडा अध्यक्ष तेजनारायण द्वारा संयुक्त शिलान्यास

  • जेठ ५, २०८३
  • ४९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, जेठ ५ । सिरहाको लहान नगरपालिका–१५ मा वातावरण संरक्षण तथा स्थानीय आयआर्जनलाई लक्षित गर्दै संरक्षण परियोजनाअन्तर्गत पोखरी निर्माण कार्य सुरु गरिएको छ। नगर प्रमुख महेश चौधरी तथा वडा नं. १५ का वडा अध्यक्ष तेजनारायण चौधरी ले संयुक्त रूपमा पोखरी निर्माण योजनाको शिलान्यास गरेका हुन्।

स्थानीय स्तरमा जलस्रोत संरक्षण, वातावरणीय सन्तुलन कायम गर्नुका साथै कृषिमा टेवा पुर्‍याउने उद्देश्यले उक्त परियोजना सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। कार्यक्रममा बोल्दै नगर प्रमुख महेश चौधरीले पोखरी निर्माणले वर्षायामको पानी संरक्षण, भू–जल पुनर्भरण तथा हरियाली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने बताए।

उनले संरक्षण परियोजनाले वातावरणीय सुधारसँगै स्थानीय नागरिकको आर्थिक अवस्था सुदृढ बनाउन समेत सहयोग गर्ने उल्लेख गर्दै माछापालन, सिंचाइ तथा पर्यापर्यटन विकासका माध्यमबाट आयआर्जनका अवसर सिर्जना हुने विश्वास व्यक्त गरे।

वडा अध्यक्ष तेजनारायण चौधरीले वडा नं. १५ लाई हरित तथा वातावरणमैत्री क्षेत्रको रूपमा विकास गर्ने लक्ष्यअनुसार पोखरी निर्माण थालिएको जानकारी दिए। उनले स्थानीय समुदायको सक्रिय सहभागिताबाट परियोजना सफल हुने विश्वास व्यक्त गर्दै पोखरी आसपास वृक्षारोपण तथा सौन्दर्यीकरणको योजना समेत अघि बढाइने बताए।

स्थानीयवासीहरूले पनि पोखरी निर्माणले क्षेत्रको वातावरणीय अवस्था सुधार हुनुका साथै कृषि उत्पादनमा सहजता आउने अपेक्षा गरेका छन्। विशेषगरी गर्मीयाममा पानीको अभाव झेल्दै आएका किसानहरूलाई सिंचाइमा राहत पुग्ने उनीहरूको भनाइ छ।

नगरपालिकाका अनुसार परियोजना सम्पन्न भएपछि उक्त क्षेत्र पर्यावरण संरक्षणसँगै आन्तरिक पर्यटक आकर्षित गर्ने गन्तव्यका रूपमा विकास हुने अपेक्षा गरिएको छ। पोखरी निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम अगाडि बढाइएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१