ताजा समाचार

सुरक्षित शौचालय निर्माणका लागि लहानमा कालिगढ तालिम, २० जना सहभागी

  • जेठ ४, २०८३
  • ५२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान, ४ जेठ । सिरहाको लहान नगरपालिकामा सुरक्षित तथा न्यूनतम लागतमा शौचालय निर्माणलाई प्रवर्द्धन गर्ने उद्देश्यले २० जना कालिगढलाई लक्षित गरी सीप अभिवृद्धि तालिम सञ्चालन गरिएको छ। नगरपालिकाले स्वच्छता अभियानलाई प्रभावकारी बनाउन दक्ष जनशक्ति अभाव देखिएपछि पहिलो चरणमा २० जनालाई व्यावसायिक तालिम दिन थालेको जनाएको छ।

तालिमबाट स्थानीय स्तरमै दक्ष कालिगढ उत्पादन हुने र सुरक्षित शौचालय निर्माणमा सहजता पुग्ने विश्वास गरिएको छ। लहान नगरपालिकाका मेयर महेश चौधरीले तालिमले न्यूनतम लागतमा सुरक्षित र दिगो शौचालय निर्माण गर्न सहयोग पुग्ने बताए। उनले स्वच्छता अभियानलाई सफल बनाउन प्राविधिक रूपमा दक्ष जनशक्ति आवश्यक रहेको उल्लेख गर्दै तालिमपछि सहभागीहरूलाई रोजगारीको अवसरसमेत सिर्जना हुने धारणा राखे।

“स्वच्छता अभियानको क्रममा दक्ष कालिगढ नपाइएको गुनासो धेरै आएको थियो,” मेयर चौधरीले भने, “त्यसलाई मध्यनजर गर्दै पहिलो चरणमा २० जनालाई तालिम दिइएको हो। आगामी दिनमा यसलाई अझ विस्तार गरिनेछ।” तालिम लहान नगरपालिका, वाटर एड, दलित जनकल्याण युवा क्लब, नेपाल खानेपानी संस्थान तथा प्राविधिक शिक्षालयको सहकार्यमा सञ्चालन भइरहेको छ।

कार्यक्रममा सहभागीलाई सुरक्षित शौचालय निर्माण, सरसफाइ मापदण्ड, लागत व्यवस्थापन तथा व्यवहारिक निर्माण अभ्याससम्बन्धी प्रशिक्षण दिइँदैछ। नगरपालिकाका अनुसार तालिमले खुला दिसामुक्त तथा स्वच्छ नगर निर्माण अभियानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। साथै स्थानीय युवालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने लक्ष्यसमेत राखिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤